बलेवा सेवा समाज जापानको आयोजनामा प्रथम तीज मेला २०१८ सम्पन्न,

Everest Fuji News २०७५ भदौ २७ मा प्रकाशित       Published at 2018 Sep 12


टोकियो।

गत सेप्टेम्बर ९ तारिखका दिन बलेवा सेवा समाज जापानले टोकियोको क्यानभासमा रहेको मेगुरो कुमिन सेन्टरमा तिज मेला २०१८, प्रथम इभेन्ट कार्यक्रमका रुपमा सम्पन्न गरेको छ ।

यस कार्यक्रमको सभापतित्त्व अध्यक्ष सेबकराज पौडेल, प्रबक्ता अर्जुन लामिछानेको स्वागत मन्तब्य, सल्लाहकार दिप पाठकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुताबास जापानका राजदुत महामहिम प्रतिभा राणा हुनुहुन्थ्यो ।

कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि प्रतिभा राणा, सभापती सेबकराज पौडेल, संयोजक महेन्द्र पिसी, इभेन्ट पाटनर सुर्य लामिछाने, आइसीसी सदस्य कपिलदेव थापा, नेपाल सरकारका स्थानिय जनप्रतिनिधि गुरु प्रसाद पाठक, एन आर एन जापानका उपाध्यक्ष शिब प्रसाद पौडेल, गल्कोट समाजका अध्यक्ष दीलु खत्री र नबिन निउरेले रिबन काटेर संयुक्त रुपमा गर्नु भएको थियो ।

 

कार्यक्रममा नेपालबाट आमन्त्रित ख्याति प्राप्त कलाकारहरु सम्झना लामिछाने र याम क्षेत्रिलाई प्रमुख अतिथि, अतिथिहरु र संस्थाका व्यक्तिहरुले स्वागत सम्मान गर्दै खादा, ब्याच, प्रमाण पत्र र संस्थाको मायाको चिनो लोगो अंकित टिशर्ट प्रदान गर्नु भएको थियो !

अन्त्यमा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापती सेबकराज पौडेलले कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरु साथै पुरुष दाज्युभाइहरु र प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु, इभेन्ट पाटनर, मेडियाकर्मी, इभेन्ट म्यानेजमेन्ट, साउण्ड सिष्टमका व्यक्तिहरु लगायत कार्यक्रमको आयोजक टीम साथै आर्थिक सहयोग गरेर अतुलनिय योगदान पुर्याउनु भएका बलेवालीहरु र अन्य सहयोगी व्यक्तिहरु सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो !



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.