जापानमा भुकम्प, १६ जनाको मृत्‍यु २६ को खोजी जारी

Everest Fuji News २०७५ भदौ २२ मा प्रकाशित       Published at 2018 Sep 07


टोकियो । उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी  १६ जनाको मृत्‍यु र २६ जनाको खोजी जारी रहेको  र्युटरले जनाएको छ ।

यसको साथै ३०० जना घाइते र १००० भन्दा बढीको जनजीवन अस्तव्यस्त बनेको छ ।

गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो ।

यस क्षेत्रमा विद्युतसेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत सेवा अबरुद्ध भएको छ । यस भूकम्पको केन्द्रविन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन ।

भूकम्पपछि दर्जनौ घरहरु ध्वस्त भएका र भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौं व्यक्तिहरुलाई हेलिकोप्टरको सहयोगबाट उद्धार गरिएको छ ।

प्रहरी अधिकारीहरुलगायत करिब २० हजार उद्धारकर्ताहरु परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ । सो उद्धारकार्यमा अरु करिब २० हजार सैनिकले पनि परिचालन गर्ने तयारी भइरहेको छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने बताए।

सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९।० रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी जनधनको ठूलो क्षति भएको थियो । (एजेन्सी)



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.