नवलपरासी समाज जपानको दोश्रो नवलपरासी तीज धमाका सम्पन्न

Everest Fuji News २०७५ भदौ २१ मा प्रकाशित       Published at 2018 Sep 06


विश्वास आचार्य ,टोकियो ,जापान सेप्टेम्बर ६ ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा जापानमा रहेका नेपालि चेली हरुलाई माइती घर बिर्साउदै नवलपरासी समाज जापानले सेप्टेम्बर ५ तारिक टोकियोको नाकानो जिरो हलमा “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रम सम्पन्न गएको छ ।

कार्यक्रम लाई औपचारिक रुपमा रेखा पुरी सन्चालन गरेकी थिन् भने कार्यक्रम को सभापति सस्था का अध्यक्ष किस्न प्रसाद अधिकारि कार्यक्रम को प्रमुख अतिथि नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणा बिशेष अथिति NRNA जापानका अध्यक्ष टासी वाङ्दी लामा अथिति हरुमा icc सदस्य कपिल देब थापा , प्रत्रकार माहसंघ जापानका अध्यक्ष मोहन घले , जापानमा रहेका संग सस्था का प्रमुख , प्रत्रकार हरु साथै बुदिजिबी हरु अतिथि रहनु भएको थियो ।

   

कार्यक्रम मा उपस्थित प्रमुख अतिथि ,बिशेष अथिति ,अथिति लगाएत उपस्थित सबैलाई समाज का सचिब किस्न ढुङ्गा ले स्वागत मन्तब्बे बाट स्वागत गर्दै कार्यक्रम को उदघाटन व्यासमा आसिन आथितिहरु बाट नाचेर भएको थियो । कार्यक्रम मा प्रमुख अतिथि नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणा ज्यु ले नेपाली नारी हरुको आउँदै गरेको तिज को शुभकामना सबैलाई दिनु भएकोथियो । समाजका अध्यक्ष किस्न प्रसाद अधिकारि ज्यु ले सहयोगि साथै उपस्थित सबैलाई धन्यवाद दिदै औपचारिक कार्यक्रम लाई समापन गर्दै संस्कृति कार्यक्रम सुरु भएकोथियो ।

समाजले “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रममा नेपालका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक तथा दोहोरि गायक प्रकाश सपूत ले सुरुवात मा बोल माया जस्ता गितले उपस्थित सबैको आँखा रसाउदै अन्तेमा सबैलाई खुशी गराउदै नचाएका थिय । गायिका चन्दा अर्याल , चर्चित नृत्यकार पार्वती राई र जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेको कलाकारहरू गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक अमित सापकोटाको प्रस्तुति दिएका थिय ।

टोकियोमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुलाई कार्यक्रम उपस्थित भई कार्यक्रम सफल भव्य रुपमा सम्पन्न गर्दै कार्यक्रम मा सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरु उपस्थितिले जापानमा नवलपरासी समाज जापान ले जापानमा आफ्नो राम्रो पहिचान गराउन सफल भएको छ ।

   


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.