स्व. रमेश तामाङको शब नेपाल लैजानको लागि नेपाल तामाङ समाज, जापानद्वारा सहयोगको अपिल

Everest Fuji News २०७३ श्रावण ३२ मा प्रकाशित       Published at 2016 Aug 16


imageटोकियो । सिन्धुली जिल्लाको लाम्पनडाडा गाबिस ५ घर भइ टोकियोको इपिएस कलेजमा अध्ययरत रमेश तामाङ्को पोस्टमटम र नेपाल पठाउन आर्थीक सहयोगको अपिल गरेको छ । तामाङ समाज जापानले मंगल्वार एक बिज्ञप्ती निकालेर सहयोगको सबैमा अपिल गरेको छ । तामाङ समाज जापान का अध्यक्ष कर्मा लामाद्वारा हस्ताक्षर गरी समाजको जेपी बैंकको खाना नम्बर १०११०-७८७६३५११ मा सहयोग रकम जम्मा गरिदिनु हुन तामाङ समाज जापानले सबै जापानवासी नेपालिहरुलाई अनुरोध गरेको छ । दुई वर्ष अघि अध्ययनको लागि जापान आई ईकेबुकुरो बस्ने सिन्धुलीको तामाङको सोमवार विहान स्थानीय समय अनुसार ६ वजेर ३० मिनेटमा मृत्यु भएको थियो । उच्च रक्तचापको कारण टोकियोमा २२ वर्षिय तामाङको उपचारको क्रममा नागासिओ अस्पतालमा निधन भएको थियो । स्वर्गिय तामाङको परिवारिक अवस्था नाजुक रहेको बिज्ञप्ती मा जनाएको छ । तस्विर स्रोत : टप नेपाल न्युज डट कम   image image image


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.