बलेवा सेवा समाजले तिज मेला गर्ने

Everest Fuji News २०७५ भदौ १७ मा प्रकाशित       Published at 2018 Sep 02


अर्जुन लामिछाने जापानमा क्रियाशिल सामाजिक संस्था बलेवा सेवा समाज जापानले तिजको अवसरमा तिज मेला २०१८ गर्ने भएको छ । नेपालि महिलाहरुको महान पर्व हरितालिका तिजको अवरसमा स्वास्थ्य शिविर सञ्चालन तथा विपन्न विरामिको सहयोगार्थ सञ्चालन गर्ने तिज मेलाको तयारी तिव्र बनाएको छ । सेप्टेम्बर ९ तारिक आईतवार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुने तिज मेलामा नेपालका ख्याति प्राप्त कलाकार याम क्षेत्रि, सम्झना लामिछाने मगर र कृष्ण अखेलिले सांगितिक प्रस्तुति दिने समाजका अध्यक्ष सेवक पिसिले जानकारी दिनुभयो । स्वास्थय शिविरका साथै विदेशमा रेहेका बलेवालि तथा सम्पुर्ण नेपालि मित्रता र आपसि सद्भावका वृद्धि गर्ने उद्धेश्य सहित तिजको अवसर परि तिज मेला सञ्चालन गर्न लागिएको अध्यक्ष पिसिले बताउनुभयो । टोकियो मेकुरो कुमिन सेन्टमा आगामि आईतबार साँझ ५ बजे देखि मेला सञ्चालन हुने समाजले जनाएको छ । समाजले विभिन्न समयमा शिक्षा तथा स्थास्थ्यका क्षेत्रमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आई रहेको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.