प्रेमिला गौचन , भाद्र ११ ,टोकियो । जापानको ११ औ फेस्टिबल अवलोकनको लागि जापानको ३ दिने भ्रमणमा आउनु भएकी हङ्कङकी एन आर एन अध्यक्ष टिका गुरुङ र एन आर एन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ्लाई म्याग्दी मोना समाज जापानले खादा लगाइ सम्मान तथा स्वागत गरेका थिए ।

स्वागत तथा सम्मान गर्नेमा नेपाल पत्रकार महासंघ जापानका सस्थापक अध्यक्ष तथा समाजका सल्लहाकार तिलक मल्ल , मोना म्याग्दी एशिया प्याशिफिक सँयोजक ददिवाल खड्का , जापानका अध्यक्ष दिपक कार्की , पूर्व अध्यक्षहरु महेन्द्र बानिया , महेन्द्र खड्काले सँयुक्त रुपमा स्वागत तथा सम्मान गर्नु भएको थियो । स्वागतका साथ जापानका अध्यक्ष दीपक कार्कीले जापानको नक्सामा समाजको लोगो भएको मायाको चिनो, तथा अन्य उपहारहरुले पनि दुबै नेत्रिलाई हस्तान्तरण गर्नु भएको थियो ।
म्याग्देलिहरुद्वारा सन्चालित भेट्घाट रेस्टुरेन्टमा भएको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले एन आर एन अध्यक्ष टिका गुरुङ म्याग्दीवासी हुनाका साथै अन्तरराष्ट्रिय म्याग्देली सन्जालको उपाध्यक्ष दिदिको कार्यक्षमतालाई मुल्याङ्कन गर्दै स्वागत तथा सम्मान कार्यक्रम राखेको प्रस्ट्याउदै आर्थिक सहयोग मात्रै समाज सेवा नभएर सहयोगको हरेक पाटाहरुबाट पनि सहयोग गर्न सकिने अभिव्यक्ती दिए । यसको साथै कोरिया निवासी तथा एन आर एन लक्ष्मी गुरुङ पनि कोरियामा भएका उल्लेखनीय म्याग्देलीहरुलाई सुख दु:खमा साथ दिने व्यक्तित्व भएकोले उहालाई पनि महत्वको साथ सम्मान कार्यक्रम राखेको मन्त्यव्य दिए ।
प्रमुख अतिथिको आशनबाट टिका गुरुङ तथा लक्ष्मी गुरुङ्ले समाज सेवाका लागि चाहिने आर्थिक सँकलन,पारदर्शिता , चुनौती र सम्भ्यवताको लागि दर्शाउदै महिला हिंसाको निवारण तथा महिला शशक्तिकरणको आवाजलाई बुलन्द राख्ने आशय दिदै आ आफ्नो जन्मो थलो तथा कर्मो थलोमा सामाजिक तथा आर्थिक बिकासको लागि सधैं कटिवद्द रहने बचनबद्धता प्रकट गरेका थिए । कार्यक्रमको सन्चालन समाजका महासचिव गणेश श्रेष्ठले गरेका थिए ।
नेपाल फेस्टिबल एन आर एन जापान र नेपाली राजदुतावासको सँयुक्त आयोजनामा टोकियो स्थित कोमाजावा ओलिम्पिक पार्कमा यही सेप्टेम्वर २५ र २६मा सम्पन्न भएको थियो । फेस्टिवलको आकर्षण बढाउन नेपाल आइडल , बुद्ध गुरुङ , निशान भट्टराई, प्रताप दासलाई पनि निमन्त्रणा गरिएको थियो ।

