ललितपुर,९ भदौ । नेपालको आदिवासी जनजाति मध्ये पहरी समुदायको कला संस्कृति र पहिचान लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले नेपाल पहरी बिकास संघ र बहुउदेश्य अन्संधान केन्द्रको संयुक्त आयोजनामा हष्तकला प्रदर्शनी सुरू भएको छ ।

ललितपुर बडीखेल कोड्कु हाल गोनपा चारमा पुखौदेखी बसोबास गरीरहेका पहरी जातिको पहिचान सिप हाम्रो सान,पहरी जातिको सम्मान भन्ने नाराका साथ शुक्रवार र शनिवार ललितपुरको लगनखेलमा प्रदर्शनी सुरू भएको हो ।
प्रदर्सनि प्रदेस नं ३ को सभामुख सानु कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता र प्रदेस सांसदहरू लाल कुमारी पुन , राजकाजी महर्जन , चेतनाथ संजेल ,गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको बिशेष आतिथ्यता र विभिन्न व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
