हिन्दू नारीहरुको महान चाड हरितालिका नजिकदै जादा जापानमा रहेका विभिन्न संघ संस्थाहरुले तिजको दर खाने तथा नाचगान गर्ने कार्यक्रम तय गरिसकेका छन । कुनै संस्थाले नेपालबाट कलाकारहरु निमन्त्रणा गरी तीज कार्यक्रम गर्दैछन भने कोहीले जापानवासी स्थानिय कलाकारहरुसँग रमाउने भएका छन।

सधैं झै रुपन्देही समाज जापानले पनि हरीतालीका ( तीज ) को कार्यक्रमको तयारी गरेको छ । समाजले टोक्यो रोधी क्लबको प्रागणमा आउदो सेप्टेम्बर २ तारिखको दिन साँझ ६:३०~ ११: बजेसम्म जापान बासी रुपन्देही जिल्ला लगायत सम्पुर्ण नेपाली महिला दीदी बहीनीहरुलाई दर खुवाउने कार्यक्रम रहेकोले सम्पूर्ण जापानवासी नेपाली दिदीबहिनिहरुलाई हार्दिक निमन्त्रणा गर्दै हाल नेपाल भ्रमणमा रहनु भएका समाजका अध्यक्ष ईन्द्र केसीले एभरेष्ट फुजिन्युज डट कमलाई बताउनु भएको छ । समाजकी सदस्य शान्त जि.सी को सँयोजकतामा जापानबासी कलाकार सुर्य खडका , प्रेम बस्नेत , शान्त जी.सी र चेतन घर्तीमगर को प्रस्तुती रहेनेछ । विषेश अतिथीको रुपमा अन्य चर्चीत कलाकारहरुको उपस्थिती हुने पनि समाजले जनाएको छ ।
समय: सेप्टेम्बर २ तारिखको दिन साँझ ६:३०~ ११: बजेसम्म
स्थान :- टोक्यो रोधी क्लब सीनओकुबो
Shinjuku-ku , okubo 1-10-15 रुपन्देही समाज जापान परिवार
