प्रेमिला गौचन
भाद्र ,५ टोकियो , जापान ।
जापानमा सबै भन्दा ठुलो रेमिट्यान्स कम्पनीको दर्जामा सिटी एक्स्प्रेस मनी ट्रान्सफर सफल भएको छ । आज एक औपचारिक कार्यक्रम सहित नयाँ भवनको सुरुवाती सङ्गै लगानी कर्ताहरुले सामुहिक रुपमा उद्घाटन गरी सन्चालनमा ल्याएको छ।
उद्घाटनसँगै एक्सप्रेसमा नेपालमा २ सय र जापानमा ५ जना जापानी सहित ३० जना समेत गरी २३० जना नेपालीले प्रत्यक्ष रोजगारी पाएको छ । उद्घाटन सत्रमा एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ ( जापान), उहाकी धर्मपत्नी शर्मिला श्रेष्ठ , नेपालका लागि अध्यक्ष हेम गुरुङ , कार्यकारी अधिकृत चन्द्र टन्डन , उपाध्यक्ष डोलराज शर्मा , जापानका लागि एस बि आइ बोर्ड डाइरेक्टर जापानी नागरिक केइची आकासाका, खापुरागी सान , एइची योमोतो र नोबुदो आन्दोले नयाँ भवनमा संयुक्त रुपमा रिवन काटी उद्घाटन गरेका थिए ।
नयाँ भवन तथा ठुलो लागतको उद्घाटनको लागि नेपालदेखी गुरुङ , टन्डन र शर्मा आउनु भएको हो । उहाहरु भोली नै नेपाल फर्कदै हुनुहुन्छ । उद्घाटनलाई सम्बोधन गर्दै शालीन तथा बौद्धिक व्यक्तित्वका अध्यक्ष श्रेष्ठले "यहाँसम्म हामीलाई माया गरी अब्बल दर्जामा ल्याउन सफल गराइ दिनु भएकोमा सबै नेपाली तथा अन्य ग्राहकहरुलाई हार्दिक धन्यवाद दिनु भएको थियो ।
एक्सप्रेसको मुख्य कार्यालय नेपालमा कमालादीमा सिटी एक्सप्रेस भवनमा छ भने एस बि आइ बैंकको शाखा विस्तार नेपालको बिभिन्न क्षेत्रमा विस्तारित होल्डिङ रेमिट्स छन ।

जापानमा भने जापानमा मुख्य कार्यलय आज उद्घाटन गरेको भवन मुख्य कार्यालय टोकियो लगायत ,फुकुओका,तोचिगी , नागोयामा २ वटा गरी ५ वटा छन भने अन्य विभिन्न शहरहरुमा एजेन्टहरु रहेका छन । त्यस्तै युचुओ गिन्को अर्थात जापान पोष्टल बैंकको कार्डले सिटी एक्स्प्रेसको सदस्यता लिएमा जुन सुकै व्यक्तिले जहाँबाट पनि एक्सप्रेस मार्फत नेपालको जुनसुकै ठाउमा पनि पैसा पठाउन सक्ने सुबिधा रहेको छ । सन २००८ मा जापानको इतोउ बैंकसँग सहकार्य गरेर आधिकारीक रुपमा जापानबाट नेपाल पैसा पठाउने पहिलो रेमिट कम्पनी भयता पनि आजदेखी जापानमा भएका अन्य रेमिट कम्पनी भन्दा ठुलो भएको छ ।
यो ठुलो कम्पनी हुनुको साथै जापानको मुख्य शहर टोकियो को शिन्जुकु स्थित शिन ओकुबोको मुख्य कार्यालयमा उद्घाटन भएको हो । यस भवनको क्षेत्रफल ५० चुबो अर्थात २०० मिटर पर स्क्वार फिटको रहेको आकर्षक भवन रहेको छ । जहाँ यस अघी जापानको लोकप्रिय सुपरमार्केटको पसल रहेको थियो । जहाँ नेपाली मार्केट भनेर चिनिने यस शहरमा नेपाली जन घनत्व बाक्लो रहेको ठाउँ हो ।
उद्घाटन कार्यक्रममा विभिन्न व्यवसायी तथा नेपालीहरुको वाक्लो उपस्थिती रहेको थियो । उपस्थित सबै आगन्तुकहरुले बधाई तथा शुभकामना दिएका थिए ।

यस अघी ग्लोबल बैंकसँग सहकार्यमा खोलेको क्योदाइ रेमिट , जे एम इ रेमिट , इजिलिन्क रेमिट , जेनिथ रेमिट पनि ठुलो कम्पनीको रुपमा आफुलाई परिचित गर्दै आएका थिए । बिगत ३ वर्ष देखी नेपालको हिमालयन बैंकसँगको सहकार्यमा खोलेको क्यु यस रेमिट पनि जापानको बजारमा प्रतिष्प्रधाको रुपमा अगाडि बढ्दै आएको छ भने ओभर्सिज रेमिट पनि जापानका स्थापित नेपालीहरुको लगानीमा केही समय अघी देखी आफ्नो कारोवार सुरु गरेको छ ।
https://youtu.be/TUe0JjKP9n8 https://youtu.be/HJrKs0hfj2w

