नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानको २४ औँ विश्व आदिवासी दिवस सम्पन्न

Everest Fuji News २०७५ श्रावण ३० मा प्रकाशित       Published at 2018 Aug 15


जापान । नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले २४ औँ विश्व आदिवासी दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

आईतवार जापानको राजधानी टोकियोको सिनओकुबोस्थित रोयल गार्डेन रेष्टुरेण्टमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

एनआरएन आइसिसी सदस्य ओम गुरुङ, एनआरएनए जापानका उपाध्यक्ष देबिलाल भण्डारी , नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,नेपाली जनप्रगतिशिल मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामा, नेपाली संघीय समाज जापानका अध्यक्ष पेम्बा शेर्पा, माचुदा प्रा लि का अध्यक्ष हारुयो मासुदा ,जनसम्पर्क समिती जापानका महामन्त्री रामजंग कार्की लगाएत विभिन्न जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू तथा जापानमा क्रियाशील विभिन्न नेपाली संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरू सहभागिता रहेको थियो । उक्त कार्यक्रममा जापानमा क्रियाशील महासंघमा आबद्द संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान ,शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई योयाख्खा जापान ,मनाङ सोसाइटी जापान,थारु समाज जापान,नेपाल थामी समाज जापान सह आयोजना रहेको थियले ।

कार्यक्रममा विभिन्न जातजातिको झाकी र नृत्यले मनोरन्जनपूर्ण वातावरण बनाएको थियो ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष टेक बहादुर लिम्बू को सभापतित्वमा महासचिव शान्त पहरीले संचालन गरि सम्पन्न भएको थियो ।

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.