- प्रेमिला गौचन , ११ साउन , जापान , टोकियो । माओत्से गुरुङको व्यानरमा निर्मार्णिधन चलचित्रको हिजो वृहत पत्रकार सम्मेलन गरी आज ' साकुरा फेरी फुल्छ ' को शुटिङको उद्घाटन गरेको छ । खानागावा केन अन्तर्गत याक्को शहरको वरिपरी सुटिङ भईरहेको निर्माता , लेखक तथा निर्देशक ॐ प्रकाश गुरुङ्ले बताउनु भएको छ ।

जीवनमा अनेक दु:ख कष्ट भोग्न बाध्य भयता पनि निस्वार्थ भावनाले निरन्तर कोशीस जारी गरेमा अन्तमा सफलता हासिल गर्न सकिन्छ भन्ने सार ' साकुरा फेरी फुल्छ ' को शाब्दिक अर्थ रहेको कथाकार तथा निर्देशक गुरुङले हिजो पत्रकार सम्मेलनमा उल्लेख गर्नु भएको थियो । जापानमा लामो समय व्यतित गरेका ॐ प्रकाशको गुरुङ सङ्गै जापानमा स्थापित २० जना लगानीकर्ता रहेका छन । यस समुहको नाम टिम टवान्टी ( राखेका छन । ९५ % जापानमा र ५ % नेपाल सुटिङ गर्ने हस चलचित्रको लागत ८० लाखमा निर्माण सम्पन्न गर्ने निर्माता पक्षले स्म्मेलनमा जनाएका छन ।

जापान जस्तो यस्तो महङ्गी शहरमा यती थोरै लागतमा चलचित्र सम्पन्न होला ? फ्लोरबाट पत्रकारहरुले सोधेको प्रश्नलाई जवाफ दिदै हामीले गुरुङ्ले भने ' हामीले महँगो कलाकार हायर गरेका छैनौ, यो चलचित्र विशुद्ध सामाजिक कथा वस्तु भएकोले हाम्रै टिमवर्क भित्रैकै सदस्यहरु कलाकार भएकोले लागत धेरै नलाग्ने प्रस्ट्याउनु भयो । पोखरा निवासी लामो समय नाट्य तथा चलचित्र क्षेत्रमा लागेका माओत्से गुरुङको व्यानरमा निर्माणधिन चलचित्रमा कान्तिपुर टेलिविज़नको स्थापनाकालदेखी लामो समयसम्ममा ड्रेशम्यान तथा लाइट्म्यानमा काम गरेका दक्ष कलाकार राजु याकिचाले यस फिल्ममा पनि ड्रेस र लाइट्म्यान कै काम गर्नु हुनेछ , उहालाई सहयोगीमा लाल शोभा गुरुङले साथ दिने बताएका छन ।
तमु धि जापानका पुर्व अध्यक्ष तथा यस चलचित्रका निर्माता श्री गुरुङ्को प्रमुख आतिथ्यमा सम्पन्न सो पत्रकार सम्मेलनमा अतिथिको आसनबाट गुरुङ्ले आजीवन खेलकुद प्रती समर्पित हुँदै नेपालको खेलकुद प्रती अधिकारको आवाज उठाउदै आएको र अबका दिन पछी कला क्षेत्रलाई पनि माया गर्ने बताउदै निर्माण पक्षलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो । त्यस्तै अर्का निर्माता राजन कुमार पौड्यालले पत्रकार सम्मेलनलाई स्वागत गरेका थिए भने निर्माता तथा सहायक निर्देशक युक्तमान गुरुङ्ले कार्यक्रम औचित्यबारे बोलेका थिए ।
समुहमा निर्देशक गुरुङ र पौड्याल JICA का कर्मचारी हुन भने यसका साथै निर्देशक गुरुङ , श्री गुरुङ र याम गुरुङ तमुधी जापानका पुर्व अध्यक्ष हुन भने बुद्धी गौचन लगातार तीन कार्यकालसम्म थकाली सेवा समिती जापानका वहालवाला अध्यक्ष हुन ।
दृश्य सम्पादन तथा क्यामेराम्यानमा प्रविन हिराचन अनुबन्धित भएका छन भने स्टिल क्यामेरामा अजित क्षेत्री आवद्द भएका छन ।
त्यस्तै अन्य मुख्य कलाकारको भूमिकामा सुमन राइ,नवराज गिरी र माया गुरुङ ,सृष्टि थापा रहेका छन भने अन्य सबै निर्माण पक्षका निर्माताहरु कलाकारको भूमिकामा रहनेछन ।
Team 20 group को समूहमा २३ जनाको नाम सार्वजनिक गरेको जसमा मओत्से ,गुरुङ ,राजु याकिचा ,राजन राई , मधुसुदन भण्डारी ,नबराज गिरि ,सृष्टि थापा ,लाल शोभ गुरुङ ,माया गुरुङ डिस मल्ल अोम सिङ गुरुङ , खेम गुरुङ बिनोद गुरुङ ,मन बहादुर गुरुङ ,सन्तोष पारीयार ,कबिता गुरुङ ,पदम गुरुङ ,सुचन राई ,सुमन पौडेल ,राजन कुमार पौडेल , सन्जु ,सन्तोष स्यन्देन , लगायत रहेका छन् ।
त्यस्तै अन्य प्राविधिक क्षेत्रमा प्रोडक्सन म्यानेजरमा खड्गसिंह गुरुङ रहेका छन भने नृत्य निर्देशकमा अर्मन गुरुङ र केवल गुरुङ ,लाईट यातायातमा डि स मल्ल ,साउनड र प्ले ब्याक म्युजिक मा जित्मान गुरुङ ,म्युजिक मा सर्बग्य मान बज्रचार्य ,डिरेक्टोर र स्क्रिप मा अोम प्रकाश गुरुङ ,आर्ट डिरेक्टोर अमर गुरुङ रहेका छन् ।



