गुरुङहरुको सांस्कृतिक पर्व रोधीं सॉझमा चर्चित गायिका मेलिना राई र कृष्णा गुरुङ आउने, तयारी तिब्र । टोकियो

Everest Fuji News २०७५ श्रावण २१ मा प्रकाशित       Published at 2018 Aug 06


गुरुङहरुको साझा संस्था तमुधीं जापानको आयोजनामा हुने २२ औ, रोधीं सॉझ २०१८ मा नेपाली सागितिक आकाशका चर्चित गायिक मेलिना राई, लोकदोहोरी गायिका कृष्णा गुरुङ जापान आउने तमुधीं जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनु भएको छ ।

नेपालको सुगम संगित तथा नेपाली फ़िल्म गितहरुमा चर्चित स्वर दिएकी राई र लोकदोहोरी क्षेत्रमा चर्चित गायिका कृष्णा गुरुङ आउने भएपछि तयारी तिब्र पारिएको हो । रोधीं सॉझ यस बर्ष यहि अगष्ट १९ तारिक आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा २२औ रोधीं सॉझ हुनेछ ।

तमुधीं जापानको आयोजनमा वार्षिक दुई कार्यक्रम आयोजन हुने गर्दछ । जनवरीमा ल्होसार सॉझ र अगष्ट महिनामा रोधीं सॉझ, यो वर्षको रोधीं सॉझ सम्पन्न गर्न तमुधी जापानका उपध्यक्ष अमर गुरुङको संयोजक रहेको समिति बनाई तयारी तिब्र पारिएको छ । संयोजक गुरुङका अनुसार रोधीं सॉझमा नेपालबाट आमन्त्रित कलाकारहरू सहित स्थानिय कलाकारहरूको पनि बेजोड़ प्रस्तुति हुने भएपछि जापानमा रहेका संगितका शुभचिन्तकहरुले राम्रो प्रतिक्रिया दिएको हुदा दुबै कलाकार सहित तमूहरुको सांस्कृतिक कोशेलिहरुको तयारी गर्ने काम पनि भएको आयोजकले जनाएको छ ।

गुरुङ जातिमा सांस्कृतिक चाडको रुपमा मनाउने रोधींलाई पनि संस्कार र संस्कृति संरक्षण गर्न सहयोगि हुने भन्दै प्रत्येक वर्ष आयोजना गरिने, तमुधीं जापानले जनाएको छ ।

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.