जापानमा २४औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरि मनाउने

Everest Fuji News २०७५ श्रावण १५ मा प्रकाशित       Published at 2018 Jul 31


जापान,१५ साउन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)जापानले २४ औँ विश्व आदिवासी दिवसविशेष कार्यक्रम आयोजना गरेर मनाउने भएको छ ।

नेफ़िन जापानले विश्व आदिवासी दिवस समारोह २०१८ शिन ओकुवोको रोयल गार्डेन रेष्टुरेण्टको सभा हलमा विशेष कार्यक्रम गरि मनाउन लागेको संस्थाका अध्यक्ष टेक बहादुर (सुमनु )लिम्वुले जानकारी दिनुभयो । उक्त कार्यक्रममा जापानमा क्रियाशील महासंघमा आबद्द ११ संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान ,शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई योयाख्खा जापान ,मनाङ सोसाइटी जापान,थारु समाज जापान,नेपाल थामी समाज जापान,नेवा जागरण मंच जापानको सह आयोजनामा २४ औँ विश्व आदिवासी दिवस समारोह २०१८ कार्यक्रम तयारी तिव्र रुपमा भैरहेको कार्यक्रम संयोजक कर्मा वांगेल लमाले बताउनु भयो । विश्व आदिवासी दिवस अगष्ट ९ मा परे पनि विश्व भरिका आदिवासीहरुले अगष्ट महिनाभरि विभिन्न कार्यक्रम गरि मनाउने गर्छन । यस वर्ष जापानमा भने अगष्ट १२ मा औपचारिक कार्यक्रमसहित विभिन्न आदिवासी जनजातिको झाँकी,बिविध राष्ट्रीय जातीय मौलिक सांस्कृतिक नृन्त्य तथा साङ्गितिक प्रस्तुतिका साथ २४ औ बिश्व आदिवासी दिवस मनाउन गईरहेको नेफिन जापानले जनाएको छ । उक्त कार्यक्रमको दिन जापानवासी नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि जनजाति महासंघ जापानले हार्दिक निमन्त्रणा गरेको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.