विविध कार्यक्रम सहित म्याग्दी मोना जापानको वार्वेक्यु सम्पन्न, सहभागी ३०० भन्दा बढी -

Everest Fuji News २०७५ श्रावण १५ मा प्रकाशित       Published at 2018 Jul 31


गत आइतवार मोना, म्याग्दी र देउराली पञ्चे बाजा समुह जापानको संयुक्त आयोजनामा विविध कार्यक्रम सहित बार्बेक्यु सम्पन्न भएको छ । यस जापानीज शैलीको पिकनिक ( बार्बेक्यु) मा ३०० भन्दा बढी सहभागी भएको समाजले जनाएको छ ।

समाजले पहिलो पटक गरेको यस कार्यक्रममा उत्साह जनक सहभागीताले थप उर्जा मिलेको आयोजकको भनाइ छ । म्याग्दीबाट जापानमा विभिन्न पेशा तथा विध्यार्थीहरुको साझा संस्था मोना जापानले करिव २ महिना पहिले दक्षिण कोरिया , हङ्कङ र न्युजिल्यान्ड्का प्रतिनिधि तथा महाबिर पुनको सहभागीतामा अधिवेशन सम्पन्न गरेको यस संस्था वर्तमान स्थितिमा निकै सक्रिय गतिबिधिमा देखिएको छ । समाजले केही महिना अघी अन्तर महिला भलीबल प्रतियोगितामा पनि प्रथम हासिल गरेको छ । गत आइतवार सम्पन्न भएको यस वार्बेक्युमा विभिन्न पेशामा लागेका व्यक्तित्व, विभिन्न संघ सस्थाका प्रतिनिधि , पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तथा मोना म्याग्दी जापानका सल्लाहाकार तिलक मल्ल , वरिष्ठ पत्रकार प्रेमिला गौचन उत्तम गौडेल,मोहन घलेको पनि उपस्थिती रहेको थियो ।

एन आर एन जापानका अध्यक्ष टाशी वाङ्दी लामा , प्रवक्ता प्रशु बस्नेत , उपाध्यक्ष देवीलाल भण्डारी , सरोज खत्री, शिव प्रशाद पौड्याल , जनक विक्रम शाही लगायतकाहरु उपस्थित रहेका थिए । अन्य संघ संस्थाहरुमा गोर्खा समाजका अध्यक्ष चुडामणी भट्टराई , चितवन समाजका अध्यक्ष राजन श्रेष्ठ , थकाली सेवा समिती जापानका अध्यक्ष बुद्दी गौचन,तमु धि जापानका निवर्तमान अध्यक्ष श्री भक्त गुरुङ, सफल व्यवसायी बिजय थकाली , गल्कोट समाजका अध्यक्ष नर बहादुर थापा , पर्वत समाजका अध्यक्ष ईश्वर जोशी ,गुल्मी समाज ,रुपन्देही समाज, कास्की समाज , मगर समाज ,टोकियो ब्रदर्श लगायत दर्जन भन्दा बढी संघ संस्थाहरुको समेतको सहभागीताले कार्यक्रमलाई थप शोभायमान बनाएको थियो । केही समय पहिले सम्पन्न भएको अधिवेशनले मनोनित गरेको अध्यक्ष दिपक कार्की यस कार्यक्रम सफल बनाउन टोकियोदेखी टाढा नागोयाबाट आएका थिए । एकातिर बार्बेक्यु अर्कोतिर नेपालदेखी आएका प्रसिद्द लोक गायिका लाली बुढाथोकी , सनहीवादक कमल परियारका साथमा देउराली पञ्चे वाजाको मिठो धुनमा आगन्तुकहरु कम्मर मर्काइ मर्काइ नाचदै थप मनोरन्जन प्रदान गरेका थिए । यस वाहेक परमपरागत खेल छेलो हान्ने महिला र पुरुषहरु पनि बिच छुट्टा छुट्टै प्रतीयोगिता भएको थियो । पुरुष तर्फ प्रथम भएका राजेश मल्ल १० हजार र महिला तर्फ प्रथम भएकी लक्ष्मी केसीलाई पाच हजार जापानी एन सहित पुरस्कृत गरेको थियो । त्यस्तै सो कार्यक्रमको अवसरमा आयोजित चिठ्ठा कार्यक्रममा दिपा गिरी प्रथम, विश्वास गर्बुजाले द्धितिय भएका थिए । विजेताले क्रमश ५ हजार र ३ हजार जापानी ऐन सहित पुरस्कृत गरिएको थियो ।

त्यस्तै दोस्रो हुने सविना छन्त्याल र नारायण खड्काले जनही तीन तीन हजार हात पार्न सफल भएको मोना म्याग्दीका साँस्कृतिक सँयोजक प्रेम पुनले एबरेष्ट फुजी न्युज डट कमलाई उल्लेख गर्नु भएको छ ।

खेलकुद प्रतियोगितामा विजेता हुनेलाई मोना जापानका अध्यक्ष दिपक कार्की, संस्थापक अध्यक्ष महेन्द्र बानिया , निवर्तमान अध्यक्ष महेन्द्र खड्का ,मोना अन्र्तराष्ट्रियका महिला उपाध्यक्ष विष्णु बानियाँ, एशिया प्यासिफिक संयोजक ददिवल खड्का, उपसंयोजक तारा कार्की, बिबिक्यू तथा विविध कार्यक्रमका संयोजक एवम् मोना जापानका बरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ लगाएतले सम्मान गरेका थिए । एकातिर बार्बेक्यु अर्कोतिर नेपालदेखी आएका प्रसिद्द लोक गायिका लाली बुढाथोकी , सनहीवादक कमल परियारका साथमा देउराली पञ्चे वाजाको मिठो धुनमा आगन्तुकहरु कम्मर मर्काइ मर्काइ नाचदै थप मनोरन्जन प्रदान गरेका थिए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.