
टोकियो
जापानको साइतामा केनमा १० बर्ष अघि कुक भिजामा जापान आएका चितवन,भरतपुर घर भएका राजेन्द्र पौडेल (३८) को अस्ती बेलुकी निधन भएको छ।
कामवाट फर्केर कोठामा बसिरहदा अकस्मात लड़ेका पौडेललाई हस्पिटल लगीएको थियो, उनको निधन हस्पिटल लादै गर्दा बाटोमै निधन भएको डाक्टरहरुले पुष्टि गरेका छन् ।
मृतकका श्रीमती एक छोरा र एक छोरी संगै साइतमा केन, खावागोयस वार्डको खासुमिगसेकीमा बस्दै आएका थिए, पौडेललाई अकस्मात हृदयघात हुन सक्ने परिवारले बताएका छन् भन्दै घटनास्थल पुगेर आएका सहकर्मी अनुपराज कडेलले जानकारी दिए ।