जापानमा फोन नम्वर सहितको मोबाईल सिम तथा ईन्टरनेट डाटा लिन विदेशीहरुका लागि अब सहज हुने भएको छ।
मोबाईल सहित तथा सिममात्र लिन ईच्छुक नेपाली तथा विदेशी ग्राहकहरुले डाटा सहितको प्याकेज अब सहजै रुपमा पाउने भएका हुन। जापानभरी नै ईन्टरनेट तथा मोवाईल सेवा प्रदान गर्दै आएको न्यूआईटि भेन्चर कर्पोरेशन अन्तरगतको एनआईटिभी टेलिकमले विदेशी ग्राहकहरुको मागलाई ध्यानमा राखी जापानको सर्वाधिक प्रयोगकर्ता रहेको सफटब्याङक कम्पनीको सिम सहज उपलब्ध गराउने जनाएको छ।
न्यूआईटि भेन्चर कर्पोरेशन जापानका जनरल म्यानेजर रिद्दी बहादुर तुम्वाहाङफेका अनुसार जापानमा विदेशीहरुका लागि मोवाईल तथा फोन नम्बर सहितको सिम सहज बनाएको जानकारी दिनुभयो। विदेशमा नेपाली हिन्दी टिभी च्यानल सेवा पुर्याउदै आएको एनआर्इटिभीले जुनसुकै भिसामा जापानमा रहेकाहरूलार्इ मोवाईल सिम उपलब्ध गराउन थालेको हो।
दुई जिवी, ६ जिवी र १४ जिवी डाटा सहित १० मिनेटसम्म फोनकल निशुल्क रहेको सो सिमको मासिक शुल्क १८८० येनबाट सुरू हुने तुम्वाहाङफेले बताउनुभयो। सिममात्र लिनेहरूको हकमा भने ग्राहकसंग सिमफ्रि मोबार्इल हुनु जरूरी छ। यस्तै एनआईटिभी टेलिकमले छोटो समय जापानमा रहनेहरूका लागि प्रिपेड मोबार्इल समेत उपलब्ध गराउने जनाएको छ।
