ओसाकमा गण्डकी प्रदेशका सांसद प्रकाश चन्द्र दवाडी सँग छलफल

Everest Fuji News २०७५ श्रावण ७ मा प्रकाशित       Published at 2018 Jul 23


एन.आर.एन कान्साइका संस्थापक संयोजक तथा गण्डकी प्रदेश नम्बर ४ अन्तर्गत गोर्खा क्षेत्र नम्बर २ ख् प्रदेश सभाका नेपाली कांग्रेसका तर्फबाट निर्बाचित सांसद प्रकाश चन्द्र दवाडीलाई ओसाकामा स्वागत गरिएको छ ।

आफ्नो निजी कामको सिलसिलामा ओसाकामा रहनुभएका सांसद दवाडीलाई भेटघाट कार्यक्रम आयोजना गरी स्वागत गरिएको हो । जापानको ओसाकालाई लामो समय कर्मथलो बनाएर नेपाली राजनीतिमा होमिनुभएका दवाडी निर्बाचित भएपछी कर्मथलो ओसाकाको पहिलो भेटमा एन.आर.एन कान्साइ, जन संपर्क समिती जापान कान्साइ लगायत अन्य कान्साइ बासी हरुले समन्वय गर्दै भेटघाट अन्तर्कृया सम्पन्न गरिएको हो। भेटघाट कार्यक्रममा एन.आर.एन कान्साइका पूर्व संयोजक तथा एन.आर.एन जापानका सल्लाहाकार नरेन्द्र बस्नेत र जन सम्पर्क समिती जापानका सहमहामन्त्री हरी कंडेलले खादा ओडाएर स्वागत गर्नु भएको थियो। झन्डै २ घण्टा जती भएको कार्यक्रममा उपस्थित कान्साइ बासी नेपालीहरुको प्रश्न को जवाफ दिदै अन्तर्कृयात्मक ढंगले कार्यक्रम सम्पन्न गरिएको थियो।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.