गल्कोट समाज जापान क्षेत्रीय समिति कान्तो (टोकियो)को चौथो अधिअधिबेन सम्पन्न भएको छ।
अधिबेशनले निर्विरोध रुपमा महेन्द्र साहनीलाई अध्यक्षमा चयन गरेको छ ।

उपाध्यक्षहरुमा डिलाराम निउरे र रमेश कुमार खत्री, सचिवमा दुर्गाबहादुर खत्री र सहचिवमा रुपा थापा चयन भएको छ।त्यस्तै कोषाध्यक्ष राजु बस्नेत र सहकोषाध्यक्ष ईश्वर बस्नेत मनोनीत भएको छ भने सदस्यहरुमा सन्त बहादुर भण्डारी (गोविन्द)चेतराम गैरे,गणेश के सी,हरी भण्डारी,भिम बस्नेत,दिनेश थापा,दण्ड के सी,लाल बहादुर बस्नेत,चन्द्र बहादुर खत्री,कृष्ण गौतम,जिवन गैरे,जीतबहादुर खत्री(पुरन)प्रकाश निउरे,तारा प्रसाद गैरे चयन भएको छ।
गल्कोट समाज क्षेत्रीय समिति टोकियोका अध्यक्ष निमबहादुर खड्काको अध्यक्षता,गल्कोट समाज जापानका केन्द्रीय अध्यक्ष नरबहादुर थापाको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो।उक्त अबसरमा गल्कोट समाज जापान केन्द्रका बरिष्ठ उपाध्यक्ष दिलु खत्री,उपाध्यक्ष कालिका थापा कोषाध्यक्ष बिजय भण्डारी तथा सदस्यहरु सविता श्रेष्ठ,भिम क्षेत्री,रत्नसिंह बस्नेत,धनबहादुर खत्री,लोकेश खत्री,भोजेन्द्र सुवेदी,डिला गैरे बिष्णु के सी, नवीन निउरे र क्षेत्रीय समिति टोकियोका प्रथम कार्यकालका अध्यक्ष केहरसिंह बस्नेत, सल्लाहकार ज्युहरु बेलुकाजी थापा,रामकृष्ण बममल्ल लगाएतका बिशेष ब्यक्तिहरुको उपस्थिति थियो।
