कलाकार कल्याणकारी अक्षयकोष नेपालको सहयोगार्थ "रामकृष्णबम मल्ल एकल सागितिक साँझ " गर्ने-

Everest Fuji News २०७५ श्रावण १ मा प्रकाशित       Published at 2018 Jul 17


टोकियो , जापान ।

 

गीत संगीतको कुनै भाषा र भूगोल र सीमा रेखा हुदैन । यसमा अदम्य शक्ति छ । तसर्थ नेपाली कला, सँस्कृति, गीत, संगीतको माध्यमबाट जापानमा नेपालको चिनारी बढाउने र दुई देश बिचको साँस्कृतिक सम्बन्धलाई थप उचाईमा पूर्याउने नेपाल र जापान दुईदेश बिच रहीआएको असल सम्बन्धलाई प्रेरित गर्ने  कार्यक्रमको माध्यमबाट जनस्तरसम्म पु¥याउने र जापानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गरी देशको पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने र यस कार्यक्रमबाट संकलित रकम कलाकारहरुका लागि भैपरी आउने आकस्मिक बिपत्तिमा सहयोग गर्न वि. सं. २०६२ सालमा नेपाल सरकार वा कुनै दातृ निकायको सहयोग विना नै विशुद्ध कलाकारहरु र कलाप्रेमीहरुद्वारा स्थापित ’कलाकार कल्याणकारी अक्षय कोष नेपाल’ को लाई सहयोग गर्न संकलित उक्त अक्षय कोष हालसम्म ७० लाख रुपैंयाँ जम्मा भईसकेको र यसवर्षलाई कोष अभिवृद्धि वर्षको रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी १ करोड रुपैयाँ पु¥याउने लक्ष्य लिईए अनुरुप उक्त कोषको सहयोगार्थ जापानमा ’रामकृष्णबम मल्ल प्रथम एकल सांगीतिक साँझ’ गरिने भएको छ,। विगत दुई दशकदेखिको साँगीतिक यात्रा र जापान बसाईको क्रममा सिकेका, भोगेका र संगालेका यस क्षेत्रका अनुभवहरुको एकमुष्ट कार्यक्रम तर नितान्त पृथक, नयाँ शैली र उच्च प्रविधिको प्रयोग एवं प्रस्तुती रहने ।

एउटै रंगमञ्चमा नेपाली तथा जापानी वाद्यवादकहरुको संयोजनमा संयुक्त लाइभ कार्यक्रम गरिने कार्यक्रममा नेपाली बाधबादक ऋषि पौडेल तबला,मादल, मन थापा सारङगी,खडक पुन बाँसुरी, उत्तम बि क, ढोलक तबला मादल,भरत सुनार अक्टोप्याड , जापानीज वाद्यवादक Shigeyuki Konita गीतार लिड taro irie बेस गीतार, Masami Ishiyama किबोर्ड,Bunta Takemura, प्रकसन, मा रहने छन भने हारमोनियममा स्वयम गायक रामकृष्ण बम मल्ल रहने छन ।

अतिथी कलाकारको रूपमा जापानिज गायिकाहरू आओई सानो र ईरी कावामुराको प्रस्तुति रहने छ भने गायिका सोना के सी र सिता पुनले गायक मल्ल लाई साथ दिनेछ ।

 

कार्यक्रम को मुख्य प्रायोजक दिपवे जापानले गर्ने भएको छ भने मुल आयोजक समितीका संयोजक डि पी कडेल रहनु भएको छ ।

सहआयोजकको रूपमा बागलुङ समाज जापान, गल्कोट स्पोर्ट कल्ब जापान, रास्टिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल जापान शाखा, अन्तरास्टिय साहित्य समाज जापान साखा र दर्शन समाज जापान रहेको छ, संयोजक डि पी कडेलले जापानमा पहिलो पटक फरक शैलीका साथ आयोजना गर्न लागिएको रामकृष्ण बम मल्ल एकल साझ मा बिभिन्न क्षेत्रबाट सहयोग पुर्याईदिन र कार्यकर्ममा उपस्थित भई कार्यक्रम सफल पारी दिनु हुनका लागी जापानबासीहरूमा अनुरोध समेत गर्नु भएको छ।

कार्यक्रम :

२०१८.१०. २ तारिक मगलबार , समय : साझ ४:३० बजे स्थान : मेगुरो कुमिन सेन्टर ,



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.