विगत २८ वर्ष पहिले स्थापना भएको थकाली समाज जापानको बार्बेक्यु भव्यताको साथ सम्पन्न भएको छ ।
स्थापनाकालको २ वर्षपछी सुरुवात गरेको यस समर पिकनिकले अहिलेसम्म २६ वर्षको ईतिहास बोकेको यस जापानिज शैलीको पिकनिक निरन्तरता दिन सफल भएको छ ।

गतसाल जापानी र नेपाली गरी ३८० जना सहभागी भए पनि यो साल भने ३५० जना सहभागी भएको समाजका अध्यक्ष बुद्दी गौचनले एबरेष्ट फुजिन्युज डट कमलाई जानकारी दिनु भयो ।
जापानमा नेपालीहरुको जनघनत्व बढे लगत्तै बार्बेक्यु गर्ने प्रचलन पनि बढेको छ ।
गतसाल समाजको बार्बेक्युसँग एकै दिनमा पर्वत समाज, र एमालेको भात्री संगठनसँग ३ ठाउमा जुधेको थियो भने यो साल पनि पुन क्लब , र लम्जुङ समाज, जापानसँग वार्बेक्यु ३ ठाउमा र अन्य कार्यक्रम समेत गरी ५,६ वटा कार्यक्रम जुधेको भयता पनि सहभागीहरु उल्लेखनिय रुपमा उपस्थिती रहेको थियो ।
