जापानमा बहु प्रतिक्षित चलचित्र रमिताको प्रदर्शन नायक दिलिप रायमाझी सङ्गै गरिने -

Everest Fuji News २०७५ असार ३१ मा प्रकाशित       Published at 2018 Jul 15


जापानमा बहु प्रतिक्षित चलचित्र रमिताको पत्रकार सम्मेलन गरेको छ । भोली सोमवार जापानको सार्वजनिक विदाको अवसर पारेर रेड कार्पेट विथ नायक दिलिप रायमाझी सँग दर्शकले साथमै बसेर रमिता चलचित्र हेर्न सक्नेछन । टोकियोको नाकानो जिरो हलमा भोली ५ :३० बाट प्रदर्शनको भव्य तयारी गरेको आयोजक पक्षले दावी गरेको छ ।

जापानका सफल रेष्टुरेन्ट व्यवसायी ईश्वरी कंडेल र रन्जित कुमार क्षेत्रीको संयुक्त लगानी निर्माण भएको यस चलचित्रमा निर्देशक स्वयम निर्माता क्षेत्रीले गरेका छन । यस चलचित्रमा नेपालको पश्चिमी नेपालको पर्वत , वाग्लुङ र म्याग्दीका रमणिय स्थलमा छायान्कन गरेको छ भने स्थाननियवासिको दिनचर्या , जीवनशैली र वोलिचालीलाइ हास्य व्यङग शैलिमा प्रस्तुत गरेको निर्माता कंडेलले बताउदै नेपाली युवाको विदेश पलायन हुनु पर्ने वाध्यात्मक अवस्थालाई चित्रण गरेको उल्लेख गरे । स्वयम निर्माता कंडेल पनि सानो भूमिकामा अभिनय गरेका छन । यसमा जापानमा स्थापित युवा लोक गायक सुर्य खड्काले पनि पहिलो पटक आफ्नो स्वर दिएका छन । नायक रामाझिलाई नायिकामा रेजिना उप्रेतिले साथ दिएका छन भने अन्य नयाँ कलाकारहरुले यस फिल्ममा पहिलो पटक डेब्यु गर्ने अवसर पाएका छन । सम्मेलनमा दिलिप रायमाझीले नेपालमा २० वर्षे सफल फिल्मी यात्राालाई बिट मारेर एक्ली छोरीको अध्ययनको लागि अमेरिका पलायन हुन परेको वाध्यात्मक परिस्थिती बताउदै अमेरिकामा पनि विभिन्न नृत्य प्रदर्शन लगायत नृत्य अध्यापन गर्दै आएको बताए। साथै उनले डान्स शेसन -१ र डान्स शेसन-१ सकेर केही समय पहिला नेपाल फर्के पछी जापानमा प्रिमियर शोको लागि आएको बताए । पहिला र अहिलेको कलाकारहरुको भविश्यमा कस्तो फरक पाउनु भएको छ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले अहिलेको कलाकारहरुले मिहिनेत गर्ने हो भने हाम्रो चलचित्रहरु पनि ग्लोबोलाइजेसन भएकोले नयाँ पिढिका कलाकारहरुको भविस्य सुनिश्चित भएको बताए । कुशल नृत्य गर्न सक्ने चकलेटी अनुहारका रायमाझी नृत्यको कारण नै पहिलो सफल चलचित्र दर्पण छायाबाट डेब्यु गरेका थिए । नेपालमा निकै मन पाराइएका रायमाझी यो कमब्याक रमिता फिल्म सबैको चासोको विषय भएको छ । नेपालमा भने आगामी मंसिर १४ गते प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ ।

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.