पर्वत समाज जापान को समर बर्बेक्यु सम्पन्न

Everest Fuji News २०७५ असार २६ मा प्रकाशित       Published at 2018 Jul 10


जुलाई ८ तारिख आईतवारको दिन टोकियो हिकारीगाओका पार्कमा आयोजना गरिएको समर बर्बेक्यु कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।

जापानमा बस्ने पर्वतेलिहरु द्वारा आयोजित उक्त कार्यक्रममा जापानबासी नेपालीहरुका साथै नेपाल र नेपाली लाई माया गर्ने जापानि तथा अन्य देशका बिदेशी नागरिकको उल्लेख्य उपस्थिती रहेको थियो । जापानमा कृयाशिल संघसस्थाहरुका प्रतीनिधीहरुको समेत बाक्लो उपस्थिती रहेको कार्यक्रममा जापानका ख्याती प्राप्त कलाकार बुद्धीजिबीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा बार्बेक्युका अतिरिक्त घैटो फुटाउने कार्यक्रम तथा बिबिध सांगितीक कार्यक्रमहरु पनि आयोजना गरिएका थिए । घैटो फुटाऊने कार्यक्रममा बिजेतालाई सनराइज प्रोडक्सन र सुर्य कर्पोरेसनको तर्फबाट हिमेश रेसमिया लाईभ ईन जापानको र सुर्य ईन्टरनेशनल अवार्ड कार्यक्रमको टिकट समेत उपहार स्वरुप  प्रदान गरिएको थियो ।

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.