Everest Fuji News२०७५ असार २६ मा प्रकाशितPublished at 2018 Jul 10
जापानमा अकस्मात आएको बाढी पहिरोबाट ठुलो जनधनको क्षति भएको छ । विभिन्न जापानी संचार माध्यमहरुको अनुसार आज साझ ८:३० सम्मको अपडेट अनुसार १५७ जना मृत्यु भईसकेको खबर छ ।
अझै पनि हिरोशिमा प्रिफेक्चरमा कम्तिमा ५९ जना भन्दा बढी हराइ रहेको जनाएको छ ।मृतकहरु विभिन्न १२ प्रिफेक्चरका रहेका छन् । सबैभन्दा बढी मृतकहरु हिरोसिमाका भएको छ ।
हिरोसिमा प्रिफेक्चर सबैभन्दा बढी प्रभावित छ भने एहिमे, ओकायामा, ओशाका, सिगा, ह्योगो, यामागुची, कोची तथाफुकुओका लगायतका १९ वटा प्रिफेक्चरका वासिन्दाहरु पनि प्रभावित भएका छन् । मृतकहरु विभिन्न १२ प्रिफेक्चरका रहेका छन् ।
प्रधानमन्त्री सिन्जो आबेले विदेश भ्रमण रद्द गरे लगायत आज मंगलवार टोकियोमा आकस्मिक बैठक बसी घटनास्थलमा यथाशिघ्र खोजी जारीलाई अझै तिब्र र शशक्त गर्न आदेश दिएका छन ।
र्युटरका अनुसार ३५०० जना उद्दार गरिएको छ , जसमा २ लाखभन्दा बढी बाढीबाट प्रभावित भएका छन ।
अर्थ मन्त्री तारो आशोले क्याबिनेट बैठकमा पीडितहरुको लागि इयर कन्डिशनको तापक्रम ३० डिग्री ( ८६ डिग्री फरेन्हाइट ) कायम गर्न आदेश दिएका छन ।
जापानी पत्रपत्रीका अनुसार सन १९८२ यता सबै भन्दा धेरै बाढीबाट मृत्यु भएको जनाएको छ ।