रूपन्देही समाज जापानको अध्यक्षमा ईन्द्र केसी सर्वसहमत -

Everest Fuji News २०७५ असार २६ मा प्रकाशित       Published at 2018 Jul 10


रूपन्देही समाज जापानको दोस्रो अधिबेशन गत आइतवार वृहत रुपन्देहीवासीहरु बिच सम्पन्न भएको छ । भेलालेले ईन्द्र केसिको अध्यक्षतामा ११ कार्य समिती सदस्य सहित सहभागी सबै सदस्य हुने गरी सम्पन्न गरेको हो ।             निवर्तमान अध्यक्ष पशुपती गिरीले नव मनोनित अध्यक्ष तथा सदस्यहरुलाई खादा लगाइ पद तथा गोपनियता हस्तान्तरण गर्नु भएको छ । निवर्तमान अध्यक्ष गिरिले “हाम्रो रुपन्देही समाज स्थापनाकालदेखी नै एक सक्षम सकृय समाजको छाप जापानमा छोड्न सफल भएको दावी गर्दै उहाले नयाँ कार्यसमितीले पनि समाजमा भैपरी आएको समस्यलाई आत्मासाथ गर्दै अन्य गतिबिधिलाइ पनि ससक्त भूमिका निर्वाह गर्नु हुनेछ भन्ने आशा गर्दछु । " भन्नु भयो । अध्यक्ष ईन्द्र केसी शालिन र वौद्विक व्यक्तित्व भएको जानकारहरु बताउछन ।             अधिबेशनमा रुपन्देहीबाट जापानलाई कर्मोथलो बनाएका बिभिन्न पेशा , व्यवसायका व्यक्तित्वहरुको सहभागी भएका थिए । अध्यक्ष :- ईन्द्र के.सी उपाध्यक्ष :- चेतन बस्नेत महिला उपाध्यक्ष :- पछी थप गर्ने महासचिव :- उमेश गिरी सचिव :- ओम श्रीस कोषाध्यक्ष :- मदन थापा सदस्य :- सुजन थकाली “ “ :- ओम थापा “ “ :- शान्ता जी शी “ “ :- आत्माराम भट्टराई ५ जना सदस्य पछी थप्ने गरी अधीवेशन सम्पन्न गरेको छ ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.