पर्वत समाज जापानको समर बार्बेक्यू जुलाई ८ मा,पूर्व तयारी पुरा...
Everest Fuji News२०७५ असार १२ मा प्रकाशितPublished at 2018 Jun 26
टोकियो
पर्वत समाज जापानको आयोजनामा हुन गइरहेको समर बार्बेक्यू को सम्पूर्ण तयारी पुरा भएको छ ।
जुलाई ८ तारिख आइतबार टोकियो स्थित हिकारीगाओका पार्कमा आयोजना हुने बार्बेक्यू कार्यक्रममा जापानबासी नेपालीहरूको उलेख्य उपस्थिती रहने आशा रहेको पर्वत समाज जापानका अधिकारीले बताए ।
आईतबार बसेको पर्वत समाजको नियमित बैठकले बार्बेक्यू को सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । स्थापना काल देखि नै प्रत्येक वर्ष बार्बेक्यू आयोजना गर्दै समाजको बार्बेक्यू यस बर्ष बिगतका वर्षहरु भन्दा भिन्न रहने आयोजकको विश्वास छ तथापि बिगत का वर्ष जस्तै यस बर्ष पनि बर्बेक्युमा मुख्य आकर्षणको रुपमा सग्लो खसि रहेको जनाईएको छ ।
अौपचारिक रुपमा कुनै पनि संघ संस्थालाई निमन्त्रणा नगरिएको हुनाले यसैलाई निमन्त्रणा मानी जापान स्थित संस्थाका पदाधिकारीहरुलाई र जापानबासी सम्पूर्ण नेपाली तथा नेपाल र नेपालीहरूलाई माया गर्ने विदेशीहरुलाई कार्यक्रममा सहभागी भइदिनुहुन हुन हार्दिक अपिल समेत गरिएको छ ।
बिबिध सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापका साथ आयोजना हून गई रहेको पर्वत समाज जापानको बार्बेक्यु केही फरक र प्रत्येक वर्ष केही न केही फरक बिषेशता रहेको हुने गरेको छ ।