सुरज थापाको असमायिक निधनले बाबु आमालाई खवर दिन नसकेको दाई श्याम कुमार थापाको भनाइ भाईको शब नेपाल सम्म ल्याइदिन समाजलाई आग्रह ..

Everest Fuji News २०७५ असार १० मा प्रकाशित       Published at 2018 Jun 24


टोकियो । मान्छेको जिन्दगी नै हो ,कती खेर के हुन्छ ..थाहा नै नहुने ..? त्यस्तै भयो २७ वर्षिय सुरज थापालाई , सधैं जसो दैनिकीमा व्यस्त थिए उनी , केही समय अघी मात्रै एक भोकेशनल अध्ययन सकी बङालीको माध्यमबाट एक जापानी कम्पनीमा ओर्कर भिजा परिवर्तन गरी उनै कम्पनिमा कार्यरत थिए ।   सधैं निस्चित समयमा काममा जाने आउने गर्थे , तर सधैं झै काममा न आएपछी कम्पनी मालिक ले निरन्तर फोन गरे , न उठे पछी कोठामै गएर हेरे ., उनी सुतेकै अवस्थामा घोप्टो परेको अवस्थामा मृत भेटिए । सिन्धुपाल्चोक, सुनकोशी गाउ पालिका -६ , सानो पोखरी गाउका अविवाहित सुरज थापा विगत ५ वर्ष अघी आफ्नो सुन्दर भविस्य खोज्दै विद्यार्थी भिसामा जापान आएका थिए । यस्तै प्रकृतीको मृत्‍यु धेरै नेपाली विध्यार्थी , कूकहरुको जापानमा भएको छ । यस्ता समस्याका कारण र न्युनिकरणको लागि डा विजय ज्ञवालीले पनि आफ्नो फेसबूक लाइभ बाट जनचेतनाका कार्यक्रमहरु गर्दै आएका छन । सुनागावासेसु नामक कम्पनिमा कार्यरत थापा इसेसाकीचोमा १ ब्याज पछी अध्ययन गरिरहेका २ जना विद्यार्थी सहित बस्दै आएका थिए । तर एउटै रूमलाई बिभाजित गरी एकातिर २ जना साथी र अर्कातिर उनी एक्लै सुत्ने गरेका रहेछन । नेपाली साझा समाज गुन्माकेन जापानका अध्यक्ष बुद्दी शेरचनका अनुसार मृतक सुरज थापालाई पोस्ट मार्टमको लागि हस्पिट्ल लगिएको दिन बडी सिटी स्क्यानको राम्रो रिपोर्ट नाअएकोले फेरी हिजो पनि गरेको छ । यसको रिपोर्ट राम्रो आए पछी पोस्ट मार्टम गर्ने कि शव गृहमा लैजाने आजै निधो हुने बताए । थापाका बाबु आमा र दाई श्याम कुमार थापा सहित ४ जना परिवार थिए । सिन्धुपाल्चोक समाजका अध्यक्ष रामकृष्ण भण्डारी र साझा समाजका अध्यक्ष शेरचनले नेपालमा उनको दाई सँग संपर्कमा कुराकानी भइरहेको तर बाबु आमा अझै थाहा दिन नसकेको जानकारी दिएका छन । तर उनको दाइले सकेसम्म भाईको शबलाई नेपाल ल्याइदिनको लागि समाज सँग आग्रह गरेको खबर छ । नेपाल शव लान पनि त्यती कहाँ सजिलो छ र ..? कानुनी प्रकृया र आर्थिक भार निकै झन्जिटलो छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.