टोकियो ।
विगत २७ वर्ष पहिले स्थापना भएको थकाली समाज जापानले यस वर्ष पनि वार्वेक्यु (समर पिकनिक)आउँदो जुलाई १५ तारिख आईतबार दिन गर्ने भएको छ ।

स्थापनाकालको २ वर्ष पछी निरन्तर गर्दै आएको थ से स को वार्वेक्यु विषेश परिकार, विषेश कार्यक्रमका साथ मनोरन्जन पनि हुने भएकोले थ से स को वार्वेक्युलाई जापानमा विषेष महत्वका साथ हेर्ने गरिन्छ ।
समाजको वरिष्ठ उपाध्यक्ष अनिल भट्टचन सँयोजक रहेको यस बार्वेक्युमा बिगतका बर्षहरुमा शिनकिबा स्थित तोरिचु युमेनो सिमा कोयनमा गरिएको भए पनि प्राबिधिक कारण यस वर्ष भने खानागावा केन, कावासाकी सि नाकाहारा कु सिनमारुको स्टेशन नजिकै मारुकोबासी बार्बेक्यु स्पटमा गरिने जनाईएको छ ।

संस्थाका अध्यक्ष बुद्दी गौचनका अनुसार बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न परिकारहरुको साथ बार्बेक्यु कार्यक्रम गरिनेछ । साथै वहाँले कार्यक्रममा विविध मनोरञ्जनात्मक प्रस्तुतीहरु समेत रहने पनि बताउनुभयो । भरपुर स्वादिष्ट मासुका परिकारहरु,विभिन्न पेय पदार्थहरु लगायत अन्य खानाहरुको पनि ब्यबस्था गरिएको पनि जानकारी गराउनु भएको छ । बार्बेक्यु कार्यक्रममा जापानबासी सम्पुर्ण महानुभाबहरुलाई हार्दिक निमन्त्रणा गर्नु भएको छ । बार्बेक्यु कार्यक्रम बिहान १०बजे देखि बेलुका ४बजे सम्म गरिने छ ।
