गल्कोट समाज जापानले आफ्नो पाचौ अधिबेशन जुलाई ३१ मा गर्ने

Everest Fuji News २०७५ असार ९ मा प्रकाशित       Published at 2018 Jun 23


जापान ,असार ९ गते ।

गल्कोट समाज जापानले आफ्नो पाचौ अधिबेशन जुलाई ३१ मा गर्ने भयको छ । (२०१८-२०२०)को लागि अधिबेशन यहि जुलाई ३१ तारिख दिनको १ बजे बाट टोकियोमा गर्ने भएको छ । यस अघि बसेको समाजको अन्तिम बैठकले अधिबेशन को लागि निम्न मिति र स्थान तय गरिसकेको छ ।

टोकियो सिनओकुबू स्थित टोकियो रोधी क्लबको पछाडी रहेको Laboratory Okubo Hall Earls Art Court (〒169-0072 Tokyo, Shinjuku, Okubo, 1 Chome−9−10) मा अधिबेशन हुने भएको छ । समाजका अध्यक्ष नर ब. थापाका अनुसार निबर्तमान अध्यक्ष हर्क थापाको सयोजकत्वमा निर्बाचन समिति बनिसकेको र अधिबेशन सम्पन्न गर्ने सम्पूर्ण जिम्मा निर्बाचन समितिमा गैसकेको बताउनु भएको छ । उक्त अधिबेशन सम्पन्न गर्नको लागि बिधान अध्ययन समिति, अधिबेशन ब्यबस्थापन समिति समेत बनेको छ ।

“स्थापना कालदेखि नै सामाजिक काममा अग्र स्थानमा आफ्नो सक्रिय भूमिका निर्बाह गरेको गल्कोट समाज जापानले आफ्नो स्थापना काल (२००६) देखि यहाँ सम्म आउदा बिभिन्न चरण हरु पारगर्दै जापानमा आधिकारीक NPO दर्ता गर्दै सामाजिक काममा सक्रिय रहीआएको छ, यसलाई अझ उचाईमा पुराउन अझ पछिको पुस्ताको उत्तिकै सक्रिय भूमिका र हात हुनेभएकोले बिभिन्न क्षेत्रमा जापानमा रही आफ्नो ब्यबसाय, कार्य, अध्ययन गर्दै आउनु भएका सम्पूर्ण गल्कोटे दाजुभाइ तथा दिदि बहिनिहरुलाइ अधिबेशनमा उपस्थितको लागि हार्दिक अनुरोध समेत गरेको छ । २००६ सालमा स्थापित गल्कोट समाज जापान बाग्लुंगको गल्कोट क्षेत्र देखि जापानमा आएका गल्कोटेहरु को साझा सस्था हो । स्मरण रहोस गल्कोट समाज जापानमा रहेका नेपालीहरुको सबै भन्दा ठुलो समाज हो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.