जापानमा पहिलो पटक इन्टरनेसनल अवार्ड शो हुदै

Everest Fuji News २०७५ जेठ १२ मा प्रकाशित       Published at 2018 May 26


    इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनि सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्ने भएको छ ! लामो समय देखि आन्तरिक गृहकार्यमा रहेको कर्पोरेसनले आज मात्रै पहिलो ब्यानर सार्बजनिक गरेको हो !           अवार्डमा नेपालबाट नया पुराना ख्याती प्राप्त कलाकार हरु टोकियोको एकै स्टेजमा देखा पर्नेछन ! ३ घण्टा को अवार्ड शोमा कमेडी, डान्स, गायन लगाएत सबै मनोरंजन प्याकेज तयारी भैरहेको सुर्य कर्पोरेसनका प्रबन्ध निर्देशक बाशुदेव लामिछानेले जानकारी दिए । बिश्वको सबैभन्दा महँगो अनि व्यस्त शहर टोकियोमा हुने अवार्ड शो पपुलर अवार्ड अन्तर्गतको अवार्ड रहेको जानकारीमा आएको छ । सुर्य इन्टरनेशनल अवार्ड नामक अवार्डमा नेपाली चलचित्र र संगीत दुवै विधामा नोमिनेसन छनोट गरि अवार्ड वितरण गरिने आयोजक पक्षले बताएको छ ! चलचित्र र संगीत गरि जम्मा १२ विधामा ५/५ नोमिनेसनमा रहने व्यवस्था रहेको सो कार्यक्रममा अनलाइन भोटिंग सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ ! सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा तय गरिएको अवार्ड शोको बिस्तृत जानकारी टोकियोमा एक पत्रकार सम्मेलनका बीच जानकारी गरिने सुर्य कर्पोरेसनले जनाएको छ ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.