जापानको लागि छक्का पन्जा ३ को आधिकारिक बिक्रेता सुर्य कर्पोरेशन
Everest Fuji News२०७५ जेठ १० मा प्रकाशितPublished at 2018 May 24
इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनि सुर्य कर्पोरेशनले जापानको लागि छक्का पन्जा ३ को आधिकारिक चलचित्र वितरकको अधिकार लिएको छ ।
छक्का पन्जा ३ को विश्वभरको विदेश स्थित अधिकार लिएको हाइलाइटस नेपाल संग जापन को लागि सुर्य कर्पोरेसन ले अधिकार लिएको हो ।
दर्शकस्रोता माझ निकैनै रुचाइएको चक्का पन्जा को सिरिज अन्तर्गत को छक्का पन्जा ३ बिजया दशमिको उपलक्ष्यमा फुलपातीको दिन प्रदशनको मिति तोकेको छ ।
दिपक राज गिरि, दिपा श्री निरौला, जितु नेपाल, किरण केसी, केदार शर्मा, बुद्दी गुरुङ, प्रियंका कार्की लगाएत दर्जनौ चर्चित कलाकार हरु को अभिनाय रहेको छ ।
सुर्य कर्पोरेसनले आफ्नो आधिकार लिए लगत्तै जापानको विभिन्न स्थानमा चलचित्र प्रदशनको निमित्त इच्छुक स्थानीय संघ सस्था वा व्यक्तिहरुले सम्पर्क गरि चलचित्र बुक गर्न सकिने बताईएको छ ।
जापान देश भित्र चलचित्र प्रदशनको लागि ०८०-९८०५-२००८ र ०८०-९०५५-८२८१ मा सम्पर्क गर्न सकिने कर्पोरेशनले जनाएको छ ।