ओसाका।
समृद्द राष्ट्रको लागि आफ्नो सर्बस्व यसमै लगानी गरि लागि पर्नु भएका राष्ट्रीय आविष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुन संग जापानको ओसाकामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कान्साई वरपरको विभिन्न क्षेत्रमा आबद्द नेपालीहरुको सहभागिता रहेको थियो । डा.पुन ले आफ्नो सुरुवातिका दिनदेखि हालसम्मका गतिबिधि हरुमा प्रकाश पार्दै समृद्द रास्ट्रको लागि राष्ट्रीय आविष्कार केन्द्रको आबस्यकता र भूमिकाको बारेमा बुदागत रुपमा प्रस्ट पार्नु भएको थियो।
झन्डै १ घण्टा ३० मिनटको आफ्नो भनाइ राखेपछि उपस्थित सहभागीहरुको प्रश्न लाइ उत्तर दिदै राष्ट्रिय आविष्कार केन्द्रको बारेमा अझै प्रस्ट पार्ने प्रयास गर्नु भएको थियो। आफ्नो भनाइलाई प्रस्ट पार्दै सम्रिद्द राष्ट्रको लागि कटिबद्द हरेक इच्छुक व्यक्तिले बिभिद तरिकाले सहयोग गर्न सकिने बताउदै बिचारको सहयोग, समयको सहयोग,आर्थिक सहयोग जहाँ बाट जसले जुन तरिकाको सहयोग गर्न सकिन्छ त्यसै अनुरुपू सहयोग गर्न इच्छा भएमा सकिने जानकारी गराउनुभयो।
सहयोग गर्न इच्छुकहरुले आफुलाई सहयोग गर्न मन लागेमा कुनै पनि सहयोग व्यक्तिगत रुपमा नलिने र सम्पूर्ण सहयोग हरु राष्ट्रिय आविष्कार केन्द्रको खातामा प्रत्यक्ष जम्मा गराएर सहयोगी दाताहरुको नाम ठेगाना र सहयोग रकम समेत खुलाएर जानकारी गराउनु हुन अनुरोध गर्नु भएको छ।सम्पूर्ण सहयोगी दाताहरुको सहयोगको राष्ट्रीय आविष्कार केन्द्रले ब्यतिगत रुपमा स्पस्ट जानकारी राखेको र त्यसैगरी राख्दै जाने जानकारी गराउनु भयो। एन.आर.एन जापानको सल्लाहकार नरेन्द्र बस्नेत(दिनेश)ले संयोजन गर्नु भएको कार्यक्रम एन.आर.एन कान्साइको आयोजनामा सम्पन्न भएको थियो। संस्थाका कार्यबाहक संयोजक प्रेम कंडेल ले डा. पुन लाई फुलको गुच्छाले स्वागत गरेर सुरु गरिएको कार्यक्रममा प्राबिधिक तर्फ कृष्ण शर्मा गैरेको संयोजन र आवागमन ब्यबस्थापनमा महेस कटवालले सहजिकरण् गर्नु भएको थियो।कार्यक्रमा स्थलमा उपस्थित कतिपय व्यक्ति हरुले स्वतस्फुर्त सहयोग रकम बोलेर आयोजकलाइ दिनु भएको छ जसको जिम्मेवारी आयोजक संस्था एन.आर.एन कान्साइले लिएको छ।
