- आपतकालिन अक्षयकोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले आयोजना गरेको बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ ।
साइतामा केनको मुसासी उरावा स्टेशनबाट नजिक रहेको दोमन ग्रीन पार्कमा करिब २०० जनाको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो ।
जापानमा रहेका विभिन्न सङ्घ सस्थाका प्रतीनिधी तथा जापानबासी स्याङ्ग्जाली दाजुभाइ तथा दिदी बहिनिहरु जापानको व्यस्त समयलाई समेत थाती राखेर एकजुट भइ रमाएका थिए ।
नेपालमा आपतकालिन अवस्थामा केहि घटना घटेको समय होस अथवा जापानमा पनि कसैलाई अप्ठ्यारो परेको खण्डमा सहयोग गर्न सकियोस भनेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष सागरमणी भण्डारिले बताएका थिए । कोषको पुर्ण विवरण आउन बाँकी नै रहेपनी मोटामोटी हालसम्म १ लाख ३० हजार एन नाफा भएको सम्योजक ध्रुब ज्ञवालिले बताएका छन । समाजले आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने विभिन्न सङ्घ सस्थाका प्रतीनिधिलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
आफ्नो साना-साना बाबु नानिहरुलाई खेलाउँदै रमाएका दृश्य हरु एकदम रोमान्चित थिए ।
स्मरण रहोस्, स्याङ्ग्जा समाज जापानले भुकम्पको समयमा होस अथवा जापानमा केहि घटना घटेको समयमा सहयोग गर्दै आइरहेको छ । फुकुओका र नागोयामा क्षेत्रीय सङ्गठन रहेको समाजले गुन्मा र ओसाकामा पनि सङ्गठित हुन आग्रह गरेको छ । (पुनश्च: कुनै चिज अथवा मासुलाई पोलेर खाने कार्यलाई जापानमा बार्बिक्यु भन्ने गरिन्छ ।
