म्याग्दी मोना जापानको छैठौं अधिवेशन सम्पन्न , अध्यक्षमा नागोयाका दिपक कार्की चयन

Everest Fuji News २०७५ जेठ ७ मा प्रकाशित       Published at 2018 May 21


‍टोकियो -

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको छैठौं अधिवेशन आईतवार टोकियोमा सम्पन्न भएको छ ।अधिबेशनले १३ बुंदे अन्तरराष्ट्रिय घोषणापत्र जारी गरेको छ ।

अधिबेशनमा दक्षिण कोरिया, न्युजिल्यान्ड र हंगकंगबाट पनि सहभागी भएका थिए भने प्रमुख आकर्षण डा महाविर पुनको उपस्थितिले अधिवेशनलाई थप प्रोत्साहन गरेको थियो ।

   

अधिवेशनले दिपक कार्कीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ ।सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सचिन श्रेष्ठ, उपाध्यक्षद्वयमा देवेन्द्र भण्डारी र दिल केसी, महासचिवमा गणेश श्रेष्ठ, सचिवमा काजी थापा, कोषाध्यक्षमा पवित्रा पुन र सहकोषाध्यक्षमा टिका छन्त्याल रहेका छन् भने प्रवक्तामा इन्दिरा गर्बुजा चयन भएकी छिन् ।

यसैगरी सदस्यहरुमा ज्ञानेन्द्र कार्की, ओमप्रकाश तुलाचन, कृष्ण मल्ल, हिमबहादुर चोखाल (बिशाल), धना पुर्जा, दिपक सापकोटा, करिश्मा गर्बुजा, भूपेन्द्र बरुवाल, बिजय केसी, झलकबहादुर खत्री, सागर कार्की र निर्मल बरुवाल चयन भएका छन् । अधिवेशनले साँस्कृतिक संयोजकमा प्रेम पुन, युवा तथा खेलकुद संयोजकमा हेम जुग्जाली र महिला संयोजकमा दिलु भण्डारीलाई चयन गरेको छ ।

     

अधिवेशनको बन्द सत्रले कोषाध्यक्ष दिपक खड्काद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन र कार्यबाहक सचिव काजी थापाद्वारा प्रस्तुत गरिएको कार्यप्रगति प्रतिबेदनलाई पारित गरेको छ भने बिधान तयारी समितिका तर्फबाट ददिवल खड्काद्वारा प्रस्तावित संशोधित विधानलाई पनि अनुमोदन गरिएको छ ।

 

अधिवेशन समारोहमा बोल्दै प्रमुख अतिथि मोनाका केन्द्रिय अध्यक्ष चक्रबहादुर थापा (न्युजिल्याण्ड) ले बिश्वका बिभिन्न मुलुकमा रहेका म्याग्देलीहरुलाई गोलबन्द गर्दै बिदेशमा आर्जन गरेका सीप, दक्षता, अनुभव र पूँजीलाई आफ्नो जिल्लाको बिकासमा लगानी गर्ने अभियान अन्तर्गत बिश्वका २८ भन्दा बढि मुलुकमा मोना बिस्तार भईसकेको बताए । मोनाका संस्थापक अध्यक्ष तथा संरक्षक तेजप्रकाश पुन (हङकङ) ले प्रवासमा रहेका म्याग्देलीहरुलाई एकत्रित गर्दै प्रवासका सुख दुखमा साथ दिन र जन्मभूमिप्रतिको दायित्वबोध गराउन मोनाको अवधारणा बिश्वब्यापीरुपमा बिस्तार गरिएको बताए । यसैगरी मोना दक्षिण कोरियाका अध्यक्ष किसान सेञ्चुरीले विभिन्न मुलुकहरुमा क्रियाशील मोनाका राष्ट्रिय समितिहरुबीच पारस्परिक सम्बन्ध र संवादलाई तिब्र पारिनुपर्ने धारणा ब्यक्त गरे ।

 

’देश विकासमा राष्ट्रिय आविष्कार केन्द्रको सान्दर्भिकता’ बिषयक अन्तरक्रियामा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले मानव पूँजीको महत्व नबुझेसम्म देशको बिकास नहुने बिचार ब्यक्त गरे । उनले प्रतिभाको पहिचान गरी देशभित्रै बिकास कार्यमा उपयोग गर्न राष्ट्रिय आविष्कार केन्द्रको अवधारणा ल्याईएको बताए । यसका लागि विदेशमा रहेका नेपालीहरुले बुद्धि, आर्थिक र समय गरी तीन किसिमको दान गर्न सकिने बताउँदै ती मध्य आफ्नो क्षमता अनुसारको दान गरी सहयोग गर्न अपिल गरे । उनले भने - ’आईडिया भनेको ठूलो सम्पति हो, आईडिया हुने, बुद्धि हुने प्रतिभालाई मुलुकले चिन्न सक्नुपर्दछ, त्यसका लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यक परेको हो ।’

मोना जापानका अध्यक्ष महेन्द्र वानियाँको सभापतित्वमा भएको अधिवेशन समारोहमा एनआरएन आइसीसीका सदस्य कपिलदेव थापा, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, नेपाल आदिबासी जनजाति महासंघ जापानका सहअध्यक्ष सुकमान थिङ तामाङ, गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाका अध्यक्ष युवराज आचार्य लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रमुख अतिथि मोनाका केन्द्रिय अध्यक्ष चक्रबहादुर थापाद्वारा दिप प्रज्वलन गरी उदघाटन गरिएको छैठौं अधिवेशन समारोहमा मोना जापानका वरिष्ठ उपाध्यक्ष दिपक कार्कीको स्वागत मन्तब्य रहेको थियो । समारोहमा मोनाका महिला भलिवल टिमका विजयी खेलाडिहरुलाई प्रशंसापत्रले सम्मान गरिएको थियो भने प्रोत्साहनस्वरुप उनीहरुलाई मोनाका केन्द्रिय कोषाध्यक्ष राम खड्का र एशिया संयोजक ददिवल खड्काद्वारा प्रायोजित १, १ थान सारी उपहार प्रदान गरिएको थियो । कार्यक्रममा म्याग्देली गायक सुरेन्द्र विकको साँगीतिक प्रस्तुतीमा सहभागीहरु झुमेका थिए ।

मोनाका सल्लाहकार एवं मिडिया संयोजक समेत रहेका पत्रकार तिलक मल्लले अधिवेशनद्वारा पारित १३ बूँदे टोकियो घोषणापत्र जारी गरेका थिए ।  टोकियो घोषणापत्रमा मोना इन्भेष्टमेन्ट कम्पनीमार्फत विदेशमा रहेका म्याग्देलीहरुलाई सामुहिक लगानीका लागि प्रोत्साहित गर्ने, पीडित महिला तथा बालबालिका कल्याण कोष म्याग्दीका लागि सहयोग जुटाउने, दरबाङमा रहेको जिल्लाकै पुरानो जनप्रिय उच्च माध्यामिक विद्यालयको भौतिक पूर्वाधार निर्माण परियोजनालाई सहयोग गर्ने, जिल्लाका पर्यटकीय गन्तब्यहरुको ब्यापक प्रचारप्रसार गरी ’म्याग्दी भ्रमण वर्ष २०७५’ सफल पार्न हरसंभवले सहयोग गर्ने, राष्ट्रिय आविष्कार केन्द्रको अभियानमा सहकार्य गरी सक्दो सहयोगी भूमिका निर्बाह गर्ने, यही वर्षभित्र मोना एशिया प्याफिक क्षेत्रीय सम्मेलनको आयोजना दक्षिण कोरियामा गर्ने, मोना जापानको आर्थिक कोषलाई मजबुत बनाउने, जापानका विभिन्न सहरहरुमा रहेका म्याग्देलीहरुलाई समेट्न क्षेत्रीय समतिहरु बिस्तार गर्ने, जापानमा भैपरी आउने समस्या समाधान गर्न आकस्मिक कोषको स्थापना गर्ने, जिल्लामा सहयोग भित्र्याउने कार्यमा एकद्वार प्रणालीलाई अंगिकारद गर्ने लगायतका प्रतिबद्धता समेटिएका छन् ।

अधिवेशन समारोहमा मोना जापानका सल्लाहकार गणेश श्रेष्ठको सञ्चालन रहेको थियो ।

         



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.