जापान, ५ जेठ । नेपालमा जापानी लगानी र पर्यटक भित्र्यउने उद्देश्यले हालै जापानको औधोगिक नगरी नागोयामा गैरआवासीय नेपाली संघ एसिया प्यासीफिकको आयोजनामा एक कार्यक्रम आयोजना सम्पन्न भएको छ ।

विभिन्न क्षेत्रमा ख्याँति कमाएका जापानी व्यवसायीहरुको उल्लेखनिय सहभागिता रहेको उक्त कार्यक्रम नेपाली र जापानी राष्ट्रिय गानबाट शुरु भएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले नेपाल अब राजनीति स्थायित्व भएको र लगानीको वातावरण पूर्ण भएको कुरा अवगत गराएकी थिईन् ।
राजदुत राणाले बुद्ध जन्मिएको देश नेपाल र जापानको सम्बन्ध पुरानो रहेको र नेपाली जनता र जापानी जनता मिलेर यसलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिईन।

आइची प्रिफेक्चर ओबु शहरका मेयर ओकामुरा हिदेतोले अस्ट्रेलिया र फिलिपिनमा आफूहरुको भगिनी शहर रहेको र अब नेपालको शहरको बारेमामा पनि सकारात्मक रहेको स्पष्ट पारे ।
कार्यक्रममा ओबु जापान चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिका अध्यक्ष किमुरा, रोटरी जापानका पूर्व गभर्नर युसुके कोन्दो, एनआरएनएका युवा संयोजक सुदन थापा, एसिया प्यासिफिकका संयोजक किरण बिक्रम थापा, आइसीसी सदस्यद्वय ओम गुरुङ र टंक गैरेले मन्तब्य राखेका थिए ।