आपतकालिन कोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले मे को २० तारिक आइतबारका दिन बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ ।

साइतामाको मुसासी उरावा स्टेशन नजिकै रहेको दोमन ग्रीन पार्कमा हुन गैरहेको उक्त कार्यक्रममा जापानबासी दाजुभाइ दिदिबहिनीलाई उपस्थितिको निम्ती आग्रह गरिएको छ । मनोरन्जनको साथै जापानमा रहेका सबै सङ्गठनमा आबद्ध व्यक्तिहरु एकै ठाँउमा उपस्थित भै परोपकारी काममा सहयोग गर्न र परिचित हुने अवसर नगुमाउन समाजका अध्यक्ष सागरमणी भण्डारिले आग्रह गरेका छन । विगतका दिनमा पनि विभिन्न मनोरन्जनात्मक र सामाजिक कार्यक्रम गर्दै आइरहेको स्याङ्ग्जा समाजको यसपटको बार्बिक्यु कार्यक्रम दोस्रो हो ।
जापानमा रहेका स्याङ्ग्जाली दाजु भाइ दिदिबहिनीहरुको सामाजिक सङ्गठन हो स्याङ्ग्जा समाज जापन । जापानमा केहि घटना घटेको होस अथवा नेपाल मा सहयोग गर्नुपर्ने समयमा सबैजना मिली सहकार्य गर्दै आइरहेका छन ।