प्रेमिला गौचन , टोकियो । एनआरएन जापानले जापानी नागरिकलाई लक्षित गरी आगामी अगस्त २५ र २६ मा नेपाल फ़ैस्टिवल गर्ने भएको छ । नेपालमा जापानी पर्यटन प्रवर्द्वन तथा नेपाल र नेपाली कला जापानी बिच पुर्याउनको लागि हरेक वर्ष संघले फेस्टिबल गर्दै आएको छ ।
विगत केही वर्ष पहिलेदेखी उएनो पार्कमा निरन्तर गर्दै आएको फेस्टिबल यस पटक भने सेतागाया कु अन्तर्गत पर्ने कोमाजावा वर्ल्ड पार्कमा हुने भएको छ । जहाँ अन्तरराष्ट्रिय ग़ैर आवासीय समन्वय परिषद आइ सि सि का अध्यक्ष भवन भट्टको निवास पनि यही क्षेत्रमा पर्दछ ।
टोकियोमा भएका सबै राजनैतीक दलका भात्री संगठन , सामाजिक संघ संस्थाका अगुवा तथा पत्रकार महासंघ जापान, व्यापारी तथा पेशाकर्मीहरुको सहभागीतामा आयोजकले वृहत छलफल गरेको छ ।
भेलाले आगामी गरिने फेस्टिबलमा अझै पृथक रुपले अघी बढ्नु पर्ने र नेपालको पर्यटन प्रवर्दनलाई टेवा पुग्ने गतिविधीमा जोड दिनु पर्ने सरोकारहरुले वताए ।
आयोजकका तर्फबाट फेस्टिबलका सन्योजक तथा एनआरएन जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीले संघले गर्दै आएको फेस्टिबलमा सधैं झै घाटा बेहोर्न परेको गुनासो गर्दै प्रायोजक कर्ताले घोषणा गरे वापत रकम भुक्तानी नगरेकोमा दुखेसो पोखे । कार्यक्रममा भण्डारीले जापानमा भारतीयहरुले गर्दै आएको फेस्टिबल पनि नजिकबाट अवलोकन गरेको बताउदै उहाले भारतीयहरु पनि पहिले पहिले घाटा बेहोरेको भए पनि अहिले उनिहरु राम्रो मुनाफामा गएकोले नेपाल फेस्टिबल पनि नाफामा जाने आशामा देखाउनु भएको थियो ।
त्यस्तै कास्की समाजका निवर्तमान अध्यक्ष तथा एनआरएन जापानका उपाध्यक्ष शिव प्रसाद पौडेलले गतसालको फेस्टिबलमा समाजले प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याइ फेस्टिबल सफल गर्न सहयोग पुर्याएकोले आगामी हुने फेस्टिबलमा पनि सबैको सहयोगको खाचो रहेको व्यक्त गरे ।
त्यस्तै इजिलिन्क रेमिटका प्रबन्ध निर्देशक डि पि अर्यालले नेपालमा पर्यटन सँग सम्बन्धित संस्था नाट्टा र टान ( नेपाल एसोसियशन अफ ट्राबल एजेन्ट र ट्रेकिङ गाइड एसोशिसियशन अफ नेपाल ) पनि यस फेस्टिबलमा प्रत्यक्ष सहभागी हुने इच्छा देखाएकोले उहाले नेपालबाट जापानसम्म ल्याउने स्पोन्सर देखी सबै उहा स्वयमले गरी जापानसम्म ल्याइ फेस्टिबलमा उहाहरुको सहभागीता जनाएर फेस्टिबल सफल बनाउन सहयोग पुर्याउने प्रतिवद्दता जनाउनु भएको थियो ।
त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक पदम ठगुन्नाले विदेशमा जुन राजनैतीक आस्थाका भए पनि सबैले यो कार्यक्रम नेपालको पहिचानको वारेमा जानकारी दिने कार्यक्रम भएकोले सबैले सहयोग गर्नु पर्ने धारणा राखे ।
त्यस्तै अन्य अगुवाले जापानमा अहिले सम्म गरेको फेस्टिबलमा जापानीलाई लक्षित भए पनि फेस्टिबलमा जापानी भन्दा नेपाली धेरै सहभागीता जनाएकोले अवको सहभागीतामा जापानीलाई आकर्षित गरिनु पर्ने सुझाव दिए । त्यस्तै साझको ५ बजे पछी झै झगडा गर्ने , होहल्ला गर्ने प्रवृतिलाई निरुत्साहित गरिनु पर्ने सरोकारहरुले जनाए ।
एनआरएन जापानका अध्यक्ष टासी वान्दि लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संघका महासचिव जनक विक्रम शाहले कार्यक्रमको औचित्य वारे प्रकाश पारेका थिए ।
