डा. पुन जापान आउँदै, जापानका बिभिन्न शहरमा अन्तरकृया गरिने

Everest Fuji News २०७५ बैशाख २६ मा प्रकाशित       Published at 2018 May 09


  प्रविधिको यथेस्ट सदुपयोग र विकास गरेमा देशलाई चाडै सम्बृदीको बाटोमा लान सकिने भएकोले यसको यथोचित बिकासको लागि देशलाई अगाडी बढाउने मान्यता सहित राष्ट्रिय आबिस्कार केन्द्रको स्थापना गरेर सम्बृदी हाम्रै पालामा भन्ने महत्त्वकांक्षि योजना सहित अगाडी बढेका डा.महाबिर पुन जापान आउने भएका छन्। पछिल्लो समय ड्रोनको सफल परिक्षण गरेर चर्चामा रहेका डा.पुनले कर्णालीका हुम्ला,जुम्ला कालिकोट लगायत देशका अत्यधिक बिकट भेगका जनताहरु औषधिको अभाबमा मृत्युबरण गर्नु नपरोश भन्ने सोचका साथ त्यस्तो ठाउहरुमा ड्रोन मार्फत औषधि ओसार पसार गरि आकस्मिक स्वास्थ्य सेवाको रुपमा सेवा पुर्याउन सकिने लक्ष्य लिएका छन्। म्याग्दीको बिकट गाउ नेगिमा जन्मिएर अमेरिका जस्तो अतिबिकशित देशमा उच्चसिक्षा हासिल गरेका डा. पुन ले त्यहाको सुखसयल समृद्ध जिबन छोडेर आफ्नो गाउ ठाउ र देशको सम्रिद्दी लाइ बिशेष प्राथमिकता मा राख्दै केहि गर्ने अठोट का साथ् स्वदेश फर्किएर निरन्तर लागि परिरहेका छन। बिदेशमा गए पछि लगभग तेतैतिर लोप हुदै गएको हाम्रो नेपाली समाजको बर्तमान परिस्थिति त्यसमा पनि नेपाली मात्र नभएर संसारका अधिकांश देशको मानिसहरुको सपनाको शहर अमेरिकाको सम्पन्न र सम्मानित जिबन सैली लाइ चटक्क छोडेर उदाहरण बनेका डा.पुनले इन्टरनेटको विकास र विस्तारको साथमा प्रविधिको बिकासमा अतुलनिय योगदान पुर्याउदै आएका छन्। दोश्रो नोबल पुरस्कार मानिने म्यागासेसे पुरस्कार बिजेता डा.पुन सामान्य र साधारण जिबनसैलीमा रमाउने असाधारण ब्यक्तित्व मध्ये पर्छन। असल र पृथक समाजसेवीको परिचय बनाएका डा.महाबिर पुन मे १६ तारिक जापान आउने भएका हुन। जापानमा रहदा उनले जापानीहरु लगायत जापान भरिको विभिन्न ठाउमा नेपाली समुदायहरु संग पनि भेटघाट र अन्तरकृया गर्ने छन जस अन्तर्गत एन.आर.एन जापान कान्साई क्षेत्रीय समितिले मे २१ सोमबार लाइ ओसाकामा कार्यक्रम तय गरेको छ भने त्यसै गरि टोक्यो,गुन्मा हिरोशिमा,सेन्दाई लगायतका ठाउमाहरुमा पनि डा.पुन संगको कार्यक्रम तय भएको जानकारी प्राप्त भएको छ। डा.महाबिर पुन संग समन्वय गरिरहेका एन.आर.एन जापानका सल्लहाकार समेत रहेका नरेन्द्र बस्नेत (दिनेश)ले कान्साइको ओसाकामा एन.आर.एन कान्साइ आयोजक रहेको कार्यक्रममा कान्साई क्षेत्रमा रहनु भएका सम्पूर्ण देशको बिकास र हितमा चासो राख्ने नेपालीहरु र यहाँ सकृय विभिन्न संघ संस्था हरुलाई स्वत स्फुर्त उपस्थितिको लागि अनुरोध समेत गर्नु भएको छ। राष्ट्रको समृद्धि संग प्रत्यक्ष जोडिएको राष्ट्रिय अविस्कार केन्द्रको लागि पटक पटक फेरिरहने सरकारको प्रमुखहरु र यसका मन्त्रिहरुले अाश्वासन मात्रै दिएको तर हालसम्म एक पैसा पनि सहयोग नभएको डा.पुनले विभिन्न माध्यम बाट बताउदै आएका छन् भने राष्ट्रिय अविस्कार केन्द्र लाइ सरकारले आफु मातहतमा लिएर देशको बिकाशको लागि अगाडी बढ्नु पर्ने कुरा बताउदै आएका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.