पञ्चासे समाज जापानद्वारा इमेश गुरुङ र रमेश क्षेत्रीलाई उपाचारार्थ करिव ३ लाख सहयोग हस्तान्तरण
Everest Fuji News२०७५ बैशाख २३ मा प्रकाशितPublished at 2018 May 06
टोकियो ।
पञ्चासे समाज जापानद्वारा वर्ष ६ का रमेश गुरुङको उपाचारार्थ जे आर एफ रेमिटका सबिन श्रेष्ठ मार्फत नेपाल पठाउन हस्तातरण गरेका छन ।
समाजले सो रकम सहयोग स्वरुप रु २ लाख ४७ हजार २ सय ९६ अर्थात ( २५ मान ७ हजार ६ एन जापानी एन ) हस्तातरण गरे ।
संस्थाका अध्यक्ष जीवन गुरुङ , गुरुङ्का आमा तिर्थ कुमारी गुरुङ,महासचिव मान बहादुर गुरुङ, संचारकर्मी प्रेमिला गौचन र अन्य सदस्यहरुको रोहवरमा संयुक्त रुपमा नेपाल रेमिट गरेको हो ।
समाजले त्यस बाहेक छुट्टै रु १० हजार अर्का क्यान्सर पीडित पोखरा मुस्ताङ चोकका रमेश क्षेत्रीलाई पनि हस्तान्तरण गर्नेछ ।
लम्जुङ्ग मलिंग २ निवासी बाबा मिन प्रसाद गुरुङ र आमा इशु गुरुङको छोरा बर्ष ६ को ईमेश गुरुङ लाई sideroblastic anemia (जन्मजात हाडमा मासीको कमी) भएको ले पटक पटक उपचार गराईराख्नु पर्ने साथै हाल चिकित्सकले परिवारको सदस्य ले मासी दिएको खण्डमा सन्चो हुने जानकारी दिएकोले जोखिम मोलेर भए पनि आफ्नो हार्डको मासी दान गरि छोरालाई सहयोगको लागि अपिल गरेका थिए।
उनका आमा को बाट छोराकोमा ट्रान्सप्लान्ट गर्नको लागि २५ लाख खर्च लाग्ने अस्पतालले जनाएको हुनाले परिवारमा आर्थिक अभाव कम्जोर भएको अवस्थामा पञ्चासे समाजले केही सहयोग स्वरुप यो रकम हस्तान्तरण गरेको अध्यक्ष गुरुङ्ले एबरेष्ट फुजी न्युज डट कमलाई बताए ।
स्याङ्जा , कास्की र पर्वतको सिमानास्थल पञ्चासे गाउ पालिका एक धार्मिक पर्यटकिय स्थल हो । जहाँ वाला चतुर्दशीको मेलामा सदविउ छर्न घुइचो लाग्छ यस मेलामाया अन्य जिल्लाबाट पनि आउने गर्छन् ।