.
प्रेमिला गौचन
टोकियो ।
अन्तरराष्ट्रिय गैर आवासिय नेपाली संघ जापानमा पहिलो पटक सबिता श्रेष्ठको सयोजकता एनआरएन महिला फोरम गठन गरेको छ । यसको सन्जाल ७८ देशमा छ । जापानमा पहिलो पटक जापानमा सकृय रुपले विभिन्न क्षेत्रमा स्थापित महिला तथा अभियन्ताहरुको रोहवरमा गठन भएको छ ।
जसमा २१ सदस्य सहित सल्हाकारमा ४ जना रहेका छन। सल्लाहकारहरुमा इन्दिरा सुजुकी , प्रेमिला गौचन , पवन वर्षा र शुष्मा ओमाता रहेका छन ।

सल्ल्हाकार शुष्मा ओमाता बिगत ४० वर्षदेखी जापानमा बस्दै आएकी कुशल शितारवादक हुनु हुन्छ । उहा टोकियो विश्व विद्यलायमा सितारवादक प्रशिक्षकमा लामो समयसम्म आवद्द हुनुहुन्थ्यो । इन्दिरा सुजुकी बिगत ३० वर्ष देखी जापानमा सामाजिक अभियन्ताको रुपमा परीचित हुनु हुन्छ ।
प्रेमिला गौचन संचारकर्मी तथा एनआरएन जापानको संस्थापक सदस्य हुन भने पवन वर्षा शाह अन्तरराष्ट्रिय संचार सन्जालकी सदस्य हुनु हुन्छ ।
अनिता गुरुङको हाल भइरहेको उपाध्यक्ष पद र तमु धिमा रहेको अध्यक्ष पद दुबैमा बस्न पाउने या नपाउने सम्बन्धित निकायबाट अझै निर्णय नभएकोले महिलाहरुको गतिबिधिमा उपस्थित नभएको जानकारी दिईन भने एनआरएन जापानकी कोषाध्यक्ष कालिका थापा हाल नेपालमा रहेको जनाएकी छिन ।
कस्तो छ त एनआरएन महिला सन्जाल ..??
प्रबासमा महिला सशक्तिकरण , महिला जागरण , नेतृत्व बिकास तथा राष्ट्रको सम्वृद्धीमा महिलाहरुको भूमिका लाई स्थापित गर्दै अगाडि बढ़ने उद्देश्यका साथ फोरम गठन गरिएको हो ।

विश्वभरी ७८ देशमा आफ्नो राष्ट्रीय कमिटी बिस्तार गरेको एनआरएनएले हालसम्म ६० राष्ट्रमा एनसिसि महिला संयोजकको नेतृत्वमा महिला फोरम गठन गरीसकेको छ। फोरमले एनसिसिको मातहातमा रहेर कार्य गर्ने छ भने राजनीति , जात , धर्म भन्दा माथि रहेर १३ वटै क्षेत्रबाट सामाजिक क्षेत्रमा कृयाशील तथा विभिन्न विषयविज्ञ महिलाहरुलाई समेटेर अगाढि बढ़ने छ।

एनआरएनए जापानको केन्द्रीय कार्यालय शिनओकुबोमा शुक्रबार भएको महिला भेलाले एनसिसि जापानको तर्फबाट उपाध्यक्ष शिवप्रसाद पौडेल र प्रवक्ता पर्शुराम बस्नेत को उपस्थित रहेको थियो भने बस्नेतले महिला फोरम गठनको आबस्यकता,काम ,कर्तव्य र अधिकारको बिषय मा प्रस्ठ पारेका थिए । एनआरएनए जापान।
महिला फोरमको सकृयतामा आगमी जुन महिना जापानमा रहेका महिलाहरुको स्वास्थ्य समस्या न्युनिकरणका लागि जापानी वडा कार्यलयहरुसंगको सहकार्यमा स्वास्थ्य सेमिनारको आयोजना गर्ने निर्णय पनि गरेको बताईएको छ । कार्यक्रमबारे छिट्टैनै थप जानकारी गराईने जनाईएको छ ।
आईतबार गठनभएको महिला फोरमको संरचना अनुसार सबिता श्रेष्ठको संयोजकत्वमा तथा ज्वाला संग्रौला सदस्य सचिब रहने गरि, सिर्जना पाण्डे,संगीता अधिकारी, गंगा डंगोल अन्जु भण्डारी,बिष्णु बानियाँ,निरा उपाध्याय,सरिता ढकाल, स्मृति आचार्य,ज्वाला संग्रौला,निरा केसी,सिता राणा,सरु बास्तोला,सुनिता महर्जन ( श्रेष्ठ),कमला गैरे,धर्मिका घिमिरे,दिपा घिमिरे,शक्खु खान,ज्योती पौडेल, ग्रीष्मा ओकोमोतो र लक्ष्मी दुलालको सदस्यता रहेको छ ।