जापानमा सुतिरहेको अवस्थामा एक नेपालीको निधन, कास्की समाजद्वारा सहयोगको अपिल ..

Everest Fuji News २०७५ बैशाख २२ मा प्रकाशित       Published at 2018 May 05


जापानमा एक नेपाली साथीहरुसंग सुतिरहेको अवस्थामा निधन भएको छ । पोखरा लेखनाथ महानगरपालिका घर भई हाल चिवामा बसोबास गरि एफ. हिरोताकी लिमिटेड कम्पनीमा कार्यरत २८ वर्षीय राजु केसी क्षेत्री (विवस) को विहानी पख निधन भएको पुष्टि भएको हो । रातीको १२ बजे साथीसंग सुतेका केसी मे महिनाको ४ तारिख विहान ८:४५ तिर उठाउन खोज्दा नउठेपछि संगै सुत्ने साथीले प्रहरीलाई खबर गरि एम्बुलेन्स बोलाउदा बितिसकेको जानकारी गराएको थियो । सन् २०१४ मा जापान प्रवेश गरेका केसी टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेर जापानीज स्कुलमा २ वर्ष अध्ययन सकी सनसाईन सेन्मोन गाक्कोउमा २ वर्षे अध्ययन पश्चात कम्पनीमा काम सुरु गरेका थिए । केसी केहि महिना अघि विवाह गरि जापान फर्किएका थिए । केसीको शव प्रहरी चौकीमा अनुसन्धानका लागि लगिएको छ । एनआरएनए कान्तो क्षेत्रीय समितिका संयोजक नविन निउरे सो घटना बारे बुझ्न घटना स्थल पुगेका थिए । कास्की समाजद्वारा सहयोगको अपिल .. आदर्णीय अधक्ष्य ज्युहरु तथा अन्य महानुभाभ् हरु नमस्कार ! कास्की पोखरा घर भई हाल जापान मा बस्दै आउनु भयका राजु के सि (बिबश ) को हिजो असामाइक निधन गएको मा हार्दिक स्रदान्जलि अर्पण गर्दै शोक सन्दब्द परिवार जनमा हार्दिक समबेदना व्यक्त गर्न चाहन्छौ / उँहाको पार्थिब शरीर लाई नेपाल पठाउन को लागि अर्थिक अभाभ भएकोले कास्की पोखरा समाज Japan को अगुवाइ मा अर्थिक सहयोग संकलन गरिने भएकोले इच्छुक महानुभाभ् तथा संघ संस्था हरु लाई सहयोग को लागि हार्दिक अपिल गर्न चाहन्छौ / सहयोग गर्न चाहने महानुभाभ हरुले निम्नलिखित खाता मा रकम जम्मा गरिदिनु हुन हार्दिक अपिल गर्दछौ / 10020-20430041 カスキポカラニホンクミアイ कास्की पोखरा समाज ,जापान  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.