गायक हिमेशको कार्यक्रम स्थगित, अर्को मिति छिट्टै सार्वजनिक गरिने

Everest Fuji News २०७५ बैशाख २० मा प्रकाशित       Published at 2018 May 03


टोकियो । जापानमा हुने लामो गोल्डेन वीक बिदाको अवसर पारेर टोकियोमा आयोजना गर्ने भनिएको ’हिमेश रेशमिया लाईभ इन टोकियो’ कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । इण्डियन रक स्टार हिमेश रेशमिया लगायतको टोलीको यही मे ६ तारिखका लागि तय गरिएको कार्यक्रमको तिब्र तयारी भईरहेको भएता पनि प्राविधिक कारणवश हाललाई स्थगित गरिएको आयोजकले जनाएको छ । आयोजक सनराईज प्रोडक्सनले छिट्टै नयाँ मिति, समय र स्थान सहितको जानकारी गराउने जनाएको छ । जापानवासी नेपाली र भारतीयहरुलाई लक्षित गरी तय गरिएको कार्यक्रम पूर्व निर्धारित तिथिमितिमा सम्पन्न गर्न नसकिने भएकाले यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्बन्धित सबै समक्ष क्षमायाचना गरेको छ । आयोजकका अनुसार छिट्टै अर्को मिति सार्वजनिक गरिने बताईएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.