जापानीहरुले मनाउने एक विशेष चाड गोल्डेन विकको अवसरमा सुर्य कर्पोरेसनद्वारा ''साकुरा नाईट ३ जापान '' नामक देशभर यस बर्ष पनि बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि कर्पोरेसनले हरेक बर्ष जापानको मुख्य शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ ।

कार्यक्रमका लागि नेपालका निकै चर्चामा रहेका संचारकर्मी एबम कार्यक्रम प्रस्तोता नरेश भट्टराई जापान आईसकेका छन । सुर्य कर्पोरेसनका ब्रयान्ड एम्बेसडर समेत रहेका भट्रराईको उत्कृष्ट उदघोषणमा संचालित हुने कार्यक्रम यसपालि अझ बढि बिशेष हुने वताईएको छ ।
कार्यक्रममा आधुनिक गाएक हेमन्त शर्मा, पप गाएक कमल खत्रि, लोक गाएक मिलन लामा, आधुनिक गाईका मिलन अमात्य र कमेडि किंग सन्दिप क्षेत्रिको प्रस्तुति रहने भएकोछ । हरेक बर्ष झैं उध्घोषक, आधुनिक, लोक, पप, गाएक, गायिका, कमेडि, डान्स सबैको सम्रिसित प्याकेज बन्ने कार्यक्रमको मुनाफाबाट गरिव, दिन दुखि र असाह्यको सहारा बन्दै आईरहेको नेपालको मानब सेवा आश्रमलाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिएका छन ।
अघिल्लो वर्षको साकुरा नाइट २ मा सुर्य कर्पोरेसनले मानवसेवा आश्रमलाई १ लाख ११ हजार १११ सहयोग गरेको थियो ।टेक्निकल सपोर्टका लागि डिजे जोन छन्त्यालको सहयोग रहने कार्यक्रममा बाल कलाकार दिव्या नेपाल, स्थानिय कलाकार राजेस केसि र लक्ष्मी केसि को पनि प्रस्तुति रहनेछ ।
कार्यक्रम गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिक बिहिवार टोक्यो बाट सुरु हुनेछ । मे ४ तारिक शुक्रवार नागोया र मे ५ तारिक शनिवार ओशाकामा हुनेछ । टोकियोको कार्यक्रमको मेनेजमेन्टको ज़िम्मा एवन ईन्टरटेनमेन्टले पाएको छ भने नागोया र ओशाकामा क्रमस एनआरएनए नागोया र नेपोलिएन गाईजले मेनेजमेन्ट गर्ने भएको छ । आयोजकले मे २ तारीक बुधवार साँझ ७ बजे सोलमारी मुरा हल, सिनओकुवोमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
( News राखि लिंक पठाईदिनुस न है । मिल्छ भने Tag गरिदिनु भए नि हुन्छ ) 🙏🏼🙏🏼🙏🏼