बाग्लुङ समाज जापानको पहिलो सांगीतिक साँझमा रामकृष्णवम मल्ल र सुर्य खड्काले स्टेज तताए -
Everest Fuji News२०७५ बैशाख १७ मा प्रकाशितPublished at 2018 Apr 30
प्रेमिला गौचन
टोकियो,जापान ।
बाग्लुङ समाज जापानद्वारा आयोजित अपाङ्ग, वृध्द , तथा असहाय वालवालिका सहयोग स्वरुप गरिएको सांगीतिक साँझ सम्पन्न भएको छ । कार्यक्रममा जापानमा चर्चित रामकृष्णवम मल्ल् र सुर्य खड्काले आधुनिक , लोक तथा भजनका गीतले दर्शक सबैलाई छम छमी नचाएका थिए ।
हिजो आइतवार महत्वपूर्ण ८ कार्यक्रमहरु जुधे पनि अत्याधिक वाग्लुङवासीहरु आफ्नो सस्थालाई माया गरी कार्यक्रममा सहभागी भई कार्यक्रमलाई उल्लाशमय बनाए । यसका साथमा जापानमा स्थापित व्यवसायी , अन्य संघ संस्थाको प्रतिनिधि,राजनैतीक भात्री संगठनका प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । दर्शकको साथमा नेपाल देखी घुम्न आएका अभिभावकहरुले पनि मनोरन्जन लिएका थिए ।
कार्यक्रमको मुख्य प्रायोजक सफल व्यवसायी दिपक सुबेदिको प्रमुख आतिथ्यमा सम्पन्न उहाकी धर्म पत्नी मनिषा तथा छोराले पनि नाचेर साथ दिएका थिए ।
नव गायक श्याम शितल श्रेष्ठले आधुनिक तथा स्व. नारायण गोपालको गीतले दर्शकलाई मन्त्र मुग्ध पारेका थिए ।
सेकेण्ड मिस रनर अप जापानकी वाग्लुङ वासी प्रियन्का कार्कीले पनि विविध गीतमा कुशल नृत्य प्रस्तुत गरेकी थिईन ।
समाज सेवी दिलु खत्री , दिपक सुबेदी र सस्थाका अध्यक्ष सिद्धार्थ श्रेष्ठले एक मुष्ट रुपले कलाकार तथा कार्यक्रम सफल बनाउन योगदान दिएका व्यक्तित्वहरुलाई खादा तथा सम्मान पत्रले सम्मान गरेका थिए ।
टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा भएको सो कार्यक्रममा नेपाल देखी आमन्त्रित कलाकार विविध कारणले उपस्थित हुन नसके पछी दर्शकहरुलाई निशुल्क प्रवेश गरिएको थियो ।
प्रमुख अतिथी दिपक सुबेदिले जापानवाशी सम्पूर्ण नेपालीको दुखसुखमा सहकार्य गर्दै हामी सबै अघी बड्नु पर्ने मन्त्यव्य दिदै अध्यक्ष श्रेष्ठले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपले सहयोग गर्ने ।।प्रायोजक दाता , कलाकार तथा दर्शक सबैलाई धन्यवाद दिएर कार्यक्रमको बिट मारेका थिए।