कुलेन्द्र बि.क र रिता केसिले टोकियोको नाकानो जेरो हल तताउने-

Everest Fuji News २०७५ बैशाख २ मा प्रकाशित       Published at 2018 Apr 15


टोकियो स्थित आज नाकानो जेरो हलमा दोस्रो रङ्गीन साँझ साँस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न हुदैछ । अनलाइन खबर रङ्गीन संसार डट कमको दोस्रो प्रस्तुती रहेको यस कार्यक्रममा चर्चित गायक कुलेन्द्र बि क र गायिका रिता केसी नेपालदेखी जापान आएका छन । गायक बि क ले ५०० भन्दा बढी र गायिका के सी ले लोक , चलचित्र तथा आधुनिक गीतमा स्वर दिईसकेका छन । पिताम्बर चापागाइ सँयोजक रहेको यस कार्यक्रममा दिव्या नेपाल (११ ) को प्रस्तुतीले थप रौनकता थप्ने आयोजकको दावी छ । ओभरसिज रेमिट मुख्य प्रायोजक रहेको यस कार्यक्रममा मालिका समाज , पाल्पा समाज ,स्याँ्जा समाज , दीपक सुबेदी , बाशुदेव लामिछाने लागायत दर्जनौ व्यक्यित्वहरुले सहयोग गरेको आयोजक मुक्ती सुबेदिले पत्रकार सम्मेलनमा जानकारी दिदै सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए । प्रमुख अतिथि तिलक मल्लले सबैले रुचाइएका गायक बि क लाई विगत १ दशक देखी जापान ल्याउने प्रयास गरेको तर विविध कारणले ल्याउन नसकेको जानकारी दिदै रङ्गीन साँझ रङ्गीनमय बनोस भन्दै शुभकामना प्रकट गरे । नेपालबाट आमन्त्रित कलाकार गायक बि.क. र गायिका केसिले आ आफ्नो एक एक वटा गीत प्रस्तूत गर्दै जापानवासी नेपालीहरुलाई कार्यक्रममा उपस्थितीको लागि अनुरोध गरेका थिए ।   लोक दोहोरी तथा साँस्कृतिक प्रतिष्ठान, जापानका अध्यक्ष युवराज आचार्यले बिदेशी भुमिमा नेपाली नयाँ वर्षको अवसरमा नेपाली कला र संस्कृतिको सँरक्षण गर्नु अपरिहार्य भएको उल्लेख गरे । डिजे जोहन छन्त्याल, जीवन केसी , ईश्वरी कंडेल, स्‍मृति आचार्यले कार्यक्रमको औचित्यको वारेमा बोलेका थिए । स्थानिय कलाकार युवराज आचार्य ,रामृष्णवम मल्ल र सुर्य खड्काको पनि प्रस्तुती रहनेछ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.