ओभरसिज रेमिटले मिए केनको योक्काईची शहरमा शाखा विस्तार

Everest Fuji News २०७४ चैत्र २८ मा प्रकाशित       Published at 2018 Apr 11


आक्रामक रूपमा आफ्नो सेवा र संजाल विस्तार गरिरहेको ओभरसिज रेमिटले मिए केनको योक्काईची शहरमा शाखा विस्तार गरेको छ।जाrपानभर बसोबास गर्ने नेपालीहरूमाझ आफ्नो सेवाको पहुँच पुगोस् भन्ने चाहना अनुरूप ओभरसिज रेमिटले सेवा विस्तारलाई महत्व दिएको हो । जापानका सफल तथा स्थापित नेपालीहरूको समुहद्वारा प्रबर्तित ओभरसिज रेमिटको योक्काईची शाखाको नेतृत्व पनि जापानका सफल तथा पुराना व्यवसायी बिष्णु प्रसाद घिमिरेले गर्ने भएका छन्। स्थापनाको छोटो समयमै छिटो छरितो र बिश्वासिलो सेवा मार्फत् अलग पहिचान बनाउन सफल ओभरसिज रेमिटले “सुरक्षित तथा छिटो, कम शुल्क उच्च रेट” भन्ने नारा अनुरूप ग्राहकहरुको सुविधालाई बिशेष महत्व दिने गरेको ओभरसिज रेमिटका कार्यकारी संचालक बिपीन घिमिरेले बताए।   शाखा विस्तार भएसंगै योक्काईची र मिएकेन बासी नेपालीले आफ्नो सेवा प्रयोग गर्ने विश्वास कम्पनीले लिएको छ।मिए केनमा नेपालीको संख्या दिनानुदिन बड्दै गएको बर्तमान अवस्थामा स्तरीय र छरितो सेवामार्फत् ग्राहकको मन जितिने कुरामा आफु बिश्वस्त रहेको योक्काईची शाखाका प्रबन्धक बिष्णु प्रसाद घिमिरेले बताए।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.