अप्रिल १४ र १५ तारिख फुकुओकामा हुने नेपाल फेस्टिभलको तयारि अन्तिम चरणमा पुगेको छ । कार्यक्र्रम संयोजक पुरुसोत्तम सिग्देल यसपालीको को नेपाल फेस्टिभलले क्युस्युबासि जापानीजलाई नेपाल भ्रमणका निमीत्त आकर्षीत गराउनु र नेपाली कला संस्कृतीलाई जापानी समुदाय बिचप परिचय गाराउन सके सफल रहने बताय ।

२०११ देखी जापानको दक्षीण क्षेत्र फुकुओकामा बैशाकी मेला संचालन हुनै आईरहेको थियो यद्धपी यस पटक देखी नेपाल फेस्टिभल प्रत्यक बर्ष संचालन गरिने समेत सिग्देलले जानकारि दिय ।
फुकुओका नेपाल सोसाईटी र एन आर एन क्युस्यु को आयोजनामा हुन लागीरहेको फेस्टिभलमा नेपाली तथा जापानी सांस्कृतिक कार्यक्र्र मुख्य आर्कषण हो, भौगोलिक तथा सांस्कृतिक बिबिधताहरुलाई जापानीज माझ आकषण ढंगले प्रस्तुत गरिे नेपालको पर्यटन बिकासलाई समेत मद्धत बिश्वास आयोजकले लियको छ । लाखे नाच , देउडा नाच ,तामाङ्ग तथा गुरुगं सांस्कृतीक झाकी, पञ्चे बाचा हिन्दु धर्म बैबाहिक समारोहको नाटकिय रुपान्तरण आदी फेस्टिभलका प्रमुख आकर्र्षण हुनेछन् । फुकुओका तेन्जिन चिउओकु कोउएन मा हुने यो मेलामा नेपाली परिकार रेमिटान्स र टा्रभल एजेन्सिका बिभिन्न ३६ स्टल राखीने छ । आयोजक फुकुओका नेपाल सोसाईटी तथा एन आर एन क्युस्युले आफुले काम गर्ने जापानीज कम्पनीका सम्पुर्ण जापानीज समक्ष नेपाल फेस्टिभल बारे जानकारी दिन समेत फुकुओका बासि नेपाली लाई आग्रह गरेको छ ।