फोनिज जापानको अधिवेशन टोकियोमा सम्पन्न ,अध्यक्षमा चसिला सहित ११ जना कार्यसमिति चयन ।

Everest Fuji News २०७४ चैत्र १८ मा प्रकाशित       Published at 2018 Apr 01


नेपाल आदिबासी जनजाति पत्रकार महासंघ(फोनिज) जापान शाखाको अध्यक्षमा चसिला वाईवा तामाङ् सर्वसम्मत चयन भएका छन् ।   आइतबार टोकियोको सिनओकुबो स्थित एक  सभाहलमा सम्पन्न भएको शाखाको दोश्रो अधिवेशन बाट तामाङ् सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।तामाङ्को अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको गठन पनि गरिएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा निशान राना मगर,सचिवमा फुर्वा शेर्पा,सहसचिवमा शशिकला मोक्तान र कोषाध्यक्षमा सुनिता श्रीष मगर चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा पुनम गुरुङ,रेशम थामी किराँती,सजिना मोक्तान,निकेश श्रेष्ठ,स्मृती मोक्तान र मन कुमार लिम्बु चयन भएका छन् ।   अधिवेशनमा कार्यवहाक राजदुत कृष्णचन्द्र अर्यालको प्रमुख आतिथ्यता रहेको थियो भने,एनआरएनए आईसीसी सदस्य ओम गुरुङ,नेपाल पत्रकार महासंघ जापानका पूर्वअध्यक्ष तिलक मल्ल,वर्तमान अध्यक्ष मोहन घले,तमुधी जापानकी अध्यक्ष अनिता गुरुङ,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्दी गौचन,नेपाल जनजाती महासंघ जापानका सचिव दावा शेर्पा,नेपाल न्युजपोस्टडटकमका सम्पादक राजन गौतम्, नेपाल जापानडटकमका कृष्ण अधिकारी लगायतको उपस्थिति थियो । फोनिजका अध्यक्ष शान्त पहरीको सभापतित्वमा भएको अधिवेशनमा सचिव फुर्वा शेर्पाले स्वागत मन्तव्य राखेका थिए । फोनिजका सल्लाहकार तथा निर्वाचन कमिटीका संयोजक कुमार मोक्तानले,गठित कार्यसमितिको घोषणा गरेका थिए भने निर्वाचन कमिटीकी सदस्य प्रेमिला गौचनले सपथ ग्रहण गराएकी थिईन् । अधिवेशको अवसरमा फोनिज जापानले, जापानमा क्रियाशील पाँच जना संचारकर्मीलाई सम्मान पनि गरेको थियो । सम्मानित हुने संचारकर्मीहरुमा तिलक मल्ल,प्रेमिला गौचन,मोहन घले ,ऋतु कुमार दुरा र कुमार मोक्तान रहेका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.