टोकियोमा नेपाली कथानक चलचित्र पंचायत पदर्सन हुँदै,

Everest Fuji News २०७४ चैत्र १७ मा प्रकाशित       Published at 2018 Mar 31


चैत्र २ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आएको चलचित्र पंचायत अप्रिल ८ तारिख टोक्यो रोधी क्लबको हलमा बलेवा सेवा समाज जापानले च्यारिटी शो गर्दैछ ! चलचित्रको मुलमर्म नेपालमा पंचायत शासन ब्यबस्था हुँदाको जनजीबनको यथार्थ चित्रण प्रस्तुत गर्दै निर्माण भएको चलचित्र ‘पंचायत’ देशभर एकैसाथ प्रदर्शनमा आएको हो । यो चलचित्र बाग्लुङ्ग जिल्लाको दक्षिणी भेग अन्तर्गत रहेको बलेवा भेगमा छायाँकन गरिएको हो । पंचायती शासन व्यवस्थाका बेला कुनै एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘पंचायत’ ले पंचायत काल भोग्नेहरुका लागि ताजा स्मरण दिन्छ भने पंचायत शासन ब्यबस्था नजानेका नयाँ पुस्ताहरुलाई पंचायती ब्यबस्था बारेमा जान्न बुझ्नको लागि एउटा पुलको काम गर्छ । ५० बर्ष अगाडि विद्यमान रहेको समाजमा जरो गाडेर रहेको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई फिल्ममा देखाइएको छ ! शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सरोज खनाल, निता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुङ्गेल, बिशाल पहाडी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ! बिपन्न बर्गका विद्यार्थीका लागि सहयोग गर्ने उद्देश्य स्वरूप च्यारिटी शो अन्तर्गत चलचित्र पंचायत पदर्सन गर्न गईरहेको र यस अघि पनि एउटा चलचित्र पदर्सन गरि बिक्रि भएको टिकटको मुनाफाबाट बलेवा क्षेत्रको एक बिद्यालयमा अक्षयकोष खडा गरेको संस्थाका अध्यक्ष सेबक पिसिले अबगत गराउँदै यसपाली पनि च्यारिटी शो गर्ने अवसर प्रदान गरेको चलचित्र निर्माण परिवारलाई हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको छ ! आउँदो अप्रिल महिनाको ८ तारिख पदर्सन गर्न लागेको यस चलचित्रको सम्पूर्ण तयारि पुरा भएको आयोजक समितिका संयोजक महेन्द्र पिसी, सहयोगी सुरेन्द्र पौडेल र संस्थाका महासचिब टिकाराम रिजाल “बिमल” ले अबगत गराउनु भएको छ ! बलेवा सेवा समाज जापान कार्यसमिति परिवारले जापानबासी दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक निमन्त्रणा स्वरूप सामाजिक संजालहरु देखि अनलाईन मेडिया र पत्राचार गरेर खबर सम्प्रेषण गरेको संस्थाका प्रबक्ता अर्जुन लामिछानेले जानाकारी गराउनु भएको छ !


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.