अनमोल र भुवन केसीसंगै टोकियोमा आईतबार कृ चलचित्र हेर्न पाईने

Everest Fuji News २०७४ फाल्गुन २६ मा प्रकाशित       Published at 2018 Mar 10


टोकियोबासी नेपालीहरुले आईतबार बहुप्रतिक्षित चलचित्र कृ का चर्चित नायक अनमोलकेसी र सुपरस्टार नायक भुवनकेसीसंगै हेर्न पाउने भएका छन। चलचित्र प्रर्दशन आएसंगै नेपालमा हाउसफुल र्दशक पाएको चलचित्र कृ का नायक अनमोल तथा निमार्ता भुवन केसी टोकियोमा विशेष प्रर्दशनको अवसर पारेर आईपुगेपछि दर्शकले सो अवसर पाउन लागेका हुन। टोकियो नाकानो जिरो हलमा मे ११ तारिक साझ ६ बजेबाट चलचित्र प्रर्दशन तयारी पूर्ण रुपमा पुरा भएको जापान प्रर्दशनकर्ताद्धय ईश्वर श्रेष्ठ र सुवास लामिछानेले जानकारी दिए। चलचित्र प्रर्दशन पूर्व शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर टोकियो प्रर्दशन हाउसफुल हुने दावी गरे। सो अवसरमा चलचित्रका नायक अनमोल केसीले चलचित्रमा आफुले धेरै मेहनत गरेको दावी गरे। यस्तै निमार्ता समेत रहेका सुपरस्टार नायक भुवन केसीले चलचित्रले दर्शकलाई भरपुर मनोरंजन प्रदान गर्ने जानकारी दिए। समारोहमा अर्का निमार्ता सुवास गिरीले कृ चलचित्रले नेपाली चलचित्रका दर्शकलाई पूर्ण मनोरंजन सहित जापानमा कलाकारसंग बसेर हेर्न पाईने जानकारी दिए। गीत विवाद वारे मुख खोले भुवनले यसैबीच कृ चलचित्रमा राखिएको एक गीतमा शम्भु प्रधान निर्मित चलचित्रको गीत कुनै जानकारी विना नै राखिएको बारेमा निमार्ता मध्येका एक भुवन केसीले जवाफ दिएका छन। आफैले खेलेको चलचित्रको एक अंशमात्र गतिमा समावेश भएको भन्दै केसीले विवादमा उठाईएको विषयमा आफले नेपाल पुगेर जवाफ दिने तयारी रहेको बताए। कृ चलचित्रको विषयलाई लिएर नकारात्मक चर्चा चलाईएको वारे अचम्ममा परेको भन्दै केसीले अनावश्यक विषयमा हल्ला बढी गराइएको आरोप लगाए।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.