थसेस जापानमा तीन कार्यकालदेखी बुद्दी गौचन लगातार अध्यक्षमा मनोनयन, कोषमा चार सय बार्ह मान निक्षेप बचत -

Everest Fuji News २०७४ फाल्गुन २२ मा प्रकाशित       Published at 2018 Mar 06


प्रेमिला गौचन, टोकियो । जापानमा स्व.डा. योगेन तुलाचनको सँरक्षकत्वमा  २८ वर्ष अघि स्थापना भएको थकाली समाज जापानको अध्यक्षतामा पुन: बुद्दी गौचन निर्विरोध चयन भएका छन । २, २ वर्षको कार्यकाल रहने यस समाजमा अध्यक्ष गौचनको कार्यशैली प्रती मुल्याङ्कन गरी पुन : अध्यक्षमा प्रस्ताव गरिएको थ से स जापानले जनाएको छ ।                 बुद्दी गौचनको परिवार (आमा , श्रीमती र भाई बुहारीका साथमा ) आर्थिक हैसियत सक्षम बनाउन ३० वर्ष अघी जापान आउनु भएका गौचनका श्रीमती हिरोमिका साथ एक छोरा र एक छोरीका सँगै शिनकोइवामा आफ्नै निजी घरमा बस्दै आउनु भएको छ । अनावश्यक तडक भडक नभएका सरल स्वuभावका गौचनको पारिवारिक आर्थिक हैसियतका कारण उच्च शिक्षा हासिल गर्न नसक्नु भएका गौचनले औोपचारिक भाषण देखी स साना सम्बोधनहरु पनि कागतमा टिपोट गरे अनुसार पढेर अभिव्यक्त गर्नु हुन्छ । थकाली जातिको महान चाड तोरन्ल्हको अवसरमा गरिएको यस अधिबेशनमा एक वरिष्ठ उपाध्यक्ष अनिल भट्टचन सहित ४ जना मनोनित भएका छन भने महासचिव , प्रवक्ता र महिला सदस्यहरु पनि पुरानै अनुहारका छन । सदस्य पदमा भने केही नयाँ अनुहार थपिएका छन । थकाली जातिको पुर्ख्यौली खेल धनुष वाण ( आर्चरी ) का विजेता शेरचन टिमलाई जनजाती महासंघ जापानका अध्यक्ष पासाङ शेर्पाले सम्मान पत्र तथा ट्रफी हस्तान्तरण गरेका थिए । प्रतियोगितामा थकाली जातिको चार चनका शेरचन , गौचन , तुलाचन र भट्टचन गरी चार समुहले भाग लिएका थिए । यस खेल प्रतियोगितामामा आर्थिक सहयोग गरे वापत सफल व्यवसायी विजय थकालीलाई पनि समाजले सम्मान गरेको छ । टोकियो हामामत्चु स्थित मन्दिर रेस्टुरेन्टको परिसरमा भएको यस अधिवेशनमा वर्षिक आर्थिक प्रतिबेदन पनि पेश गरेको छ । प्रतिबेदनमा चार सय बारह मान अर्थात रु ४१ लाख बचत रहेको उल्लेख गरेको छ । कोष वृद्दिको लागि स्व डा. योगेन तुलाचन स्‍मृति आर्चरी खेल प्रतियोगिता , वार्वेक्यु , नयाँ सदस्य नविकरण र म्युजिकल सेट रेन्टल रहेको छ । भने खर्च तर्फ पत्रकार रबी लमिछानेको 'सिधा कुरा जनता मार्फत' सिन्धुपाल्चोक स्थित कदमवास विद्द्यालय भवन निर्माणमा र जन आदर्श उच्च मा वि . कोवाङ , मुस्ताङमा आर्थिक सहयोग गरेको छ । यस वाहेक संस्थाले समाजमा भइ परी आउने समस्या , श्वास्थ्य उपचार , वाल फूटबल डेबलोपमेन्ट लगायत नेपालमा भाषा तथा संस्कृतिको सँरक्षण र सम्वर्द्वनको लागि रेमिट गर्ने गरेको छ । गत आइतवार सम्पन्न तोरन्ल्ह चाडको अवसरमा बिहान् १० बजे देखी ५ बजे सम्म भएको थियो भने साझ १० बजेसम्म साँस्कृतिक कार्यक्रमले सहभागी सबैलाई मनोरन्जन दिएका थिए । उक्त कार्यक्रममा जापानका वाल खेल कोचर तथा पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचन , तमुधी जापान, शेर्पा संघ जापान , मगर संघ जापान, पत्रकार महासंघ , जापान सहित एन आर एन प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.